जेरो-बेस्ड सोचाइ

11,554 भ्यु
लेख सुन्नुहोस् 3:45

इतिहासकार आर्नोल्ड जे. टोयनबी भन्छन्, “यदि तपाईं विगतकै सफलतामा अडिएर बस्नुभयो भने, पक्कै असफल हुनुहुनेछ ।” विश्वप्रसिद्ध भविष्यविद् एल्भिन टोफ्लरले चेतावनी दिँदै भनेका छन्, “भविष्यमा टिकिरहनका लागि हामीले आफ्नो पुराना सफलताहरूलाई सबैभन्दा ठूलो खतराको रूपमा लिनुपर्छ ।” उदाहरणको लागि, “मैले पहिला यसरी गर्दा सफल भएको थिएँ ।” “यो नै सबैभन्दा राम्रो उपाय हो ।” “मेरो अनुभव सबैभन्दा उत्कृष्ट छ ।” भन्ने जस्ता सोचाइहरू हामीले बेलैमा त्याग्नुपर्छ ।

अनुभव पक्कै पनि एउटा मूल्यवान् सम्पत्ति हो । तर आफ्नो ज्ञान र अनुभावमा मात्र अन्धधुन्ध भर पर्नु भनेको चाहिँ आफ्नो खुट्टामा आफैले बन्चरो हान्नुजस्तै हो । किनभने समय कहिल्यै रोकिँदैन, तर लगातार परिवर्तन भइरहन्छ ।

त्यसैले हामीलाई जेरो-बेस्ड सोचाइ(Zero-Base Thinking) आवश्यक छ । योचाहिँ रुडिबादी सोचाइबाट टाढा रहेर खाली वा शून्य अवस्थाबाट सोच्नु हो । शून्यबाट सोच्नका लागि हामीले आफ्नो मनलाई खुला राख्नुपर्छ र यसरी सोच्नुपर्छ, “म पनि गलत हुन सक्छु ।” “मैले जानेको भन्दा नजानेका कुरा धेरै छन् ।” “सबै कुराको जवाफ मसँग मात्र हुँदैन ।”

जसरी केही पनि नकोरिएको खाली पन्नामा जस्तोसुकै नयाँ चित्र कोर्न सकिन्छ, त्यसरी नै मनका पुराना सोचहरूलाई हटायो भने नयाँ सोचहरू कोर्न सकिन्छ ।

जेरो-बेस्ड सोचाइ

3:45
0:00 3:45

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।