एक टुक्रा रोटीले बचाएको जीवन

12,820 भ्यु
लेख सुन्नुहोस् 1:47

पहिलो विश्वयुद्धको समयमा, दुश्मन सैनिकहरूलाई बन्दी बनाउने जिम्मा पाएका एक जना जर्मन सैनिकले, दुश्मनको बङ्करमा आक्रमण गरे । ठीक त्यही समयमा एक जना दुश्मन सैनिक उनको नियन्त्रणमा परे ।

खाना खाइरहेको बेला पक्राउमा परेका ती दुश्मन सैनिकले, हडबडीमा आफूले हातमा लिइरहेको एक टुक्रा रोटी, ती जर्मन सैनिकलाई दिए । भोकले तिरमिऱ्याइरहेका ती जर्मन सैनिकले त्यो एक टुक्रा रोटी लिएर मुख मिठ्याउँदै खाएछन् ।

तब रोटी खाएर आभारी भएका जर्मन सैनिकले बदलामा ती दुश्मन सैनिकलाई छोडिदिएछन् ।

सानो एक टुक्रा रोटीले ती दुश्मन सैनिकको जीवन जोगियो ।

एक टुक्रा रोटीले बचाएको जीवन

1:47
0:00 1:47

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।