नयाँ करारको मूल्य
लेख सुन्नुहोस्
1:45

कुनै कुराको मूल्य थाहा नहुँदा मनिसहरूले गलत कुरा छान्न पुग्छन् । कसै-कसैले त भविष्यमा बेस्सरी पछुताउने कुरा छान्न पुग्छन् ।
मुक्तिको चिन्ह, पाप-क्षमाको अनुग्रह, अनन्त जीवनको प्रतिज्ञा …
नयाँ करारमा चाहिँ हामीले मापन गर्नै नसकिने अथाह आशिष्हरू छन् । तत्कालै नदेखिने यसको मूल्यलाई नबुझ्नु भनेको आफ्नो जेष्ठाधिकार एक बटुको सुरुवामा बेचेर रोईकराई गर्ने एसावजस्तै हुनु हो ।
कुनै पनि कुरासँग दाँज्न नसकिने नयाँ करारको मूल्यलाई महसुस गरेर त्यसलाई बलजफतीसँग पक्रनुपर्छ । यो नै स्वर्गदूतहरू पनि लालाहित हुने आशिष् हो ।