ठूलो छाललाई पर्खिरहेको एउटा डुङ्गा

16,828 भ्यु
लेख सुन्नुहोस् 2:47

स्टिलका बादशाह कार्नेगीको कार्यालयमा एउटा पुरानो पेन्टिङ झुण्डाइएको थियो । उनले जतन गरी राखेको त्यो पेन्टिङ न कुनै प्रसिद्ध कलाकारले कोरेको उत्कृष्ट कृति थियो न त कुनै मूल्यवान् पेन्टिङ नै थियो । त्यो त केवल एउटा समद्र तटमा रहेको डुङ्गाको सामान्य चित्र मात्र थियो । आफ्नो प्रारम्भिक दिनहरूमा बिक्रेताको रूपमा काम गर्दा, उनले एक वृद्ध व्यक्तिको घरमा यो चित्र देखे र विनम्रतापूर्वक उक्त चित्र मागे । त्यो चित्रको मुनिपट्टि सानो अक्षरमा यस्तो लेखिएको थियो ।

“ एक दिन ठूलो छाल अवश्य आउनेछ ।”

बेवारिसे जस्तो देखिने त्यो डुङ्गा वास्तवमा पानीको ठूलो छालको पर्खाइमा थियो । जसरी छाल आएपछि डुङ्गा फेरि समुद्रमा तैरिन थाल्छ, त्यसरी नै कार्नेगीलाई पनि विश्वास थियो कि उनको जीवनमा पनि एक दिन सफलताको ठूलो छाल आउनेछ र उनी विशाल संसारमा अघि बढ्नेछन् । नभन्दै उनले त्यस दिनको लागि कडा परिश्रम र तयारी गरिरहे र अन्ततः जीवनमा ठूलो सफलता हात पारे ।

ठूलो छाललाई पर्खिरहेको एउटा डुङ्गा

2:47
0:00 2:47

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।