भाषा चयन गर्नुहोस् ।

Close

खुसीको ‘प्राइमिङ पानी’ खन्याउनुहोस् !

187 भ्यु
लेख सुन्नुहोस् 3:39

‘प्राइमिङ पानी’ भनेको हाते पम्प चलाउँदा जमिनको गहिराइबाट ठूलो मात्रामा पानी तान्नका लागि सुरुमा पम्पको माथिल्लो भागमा थोरै मात्रामा खन्याइने पानी हो । यसलाई प्रायः ठूलो परिणाम ल्याउनका लागि गरिने सानो सुरुवातलाई बुझाउन एउटा प्रतीकको रूपमा प्रयोग गरिन्छ ।

परिवारमा खुसी प्रवाह गरिरहनका लागि पनि यस्तै सुरुवातको आवश्यकता पर्छ, किनकि खुसी आफै उत्पन्न हुँदैन । परिवारका सदस्यप्रति देखाइने सानो सद्भाव, पहिला अगि बढाइने सहयोगी हात, वा एउटा न्यानो बोली पम्पमा हालिने पानीजस्तै बन्न सक्छ, जसले घरभरि खुसीको मूल फुटाउँछ ।

यो महिना, खुसीको प्राइमिङ पानी खन्याउने प्रयास गरिहेर्नुहोस् । अनि त्यो खुसीको प्रवाह कहिल्यै नरोकिने गरी पम्प चलाइराख्न पनि नबिर्सनुहोस् !

व्यवहारमा लागू गर्ने तरिका
उत्साहजनक अभिवादन : परिवारका सदस्यहरूलाई उज्यालो र उत्साहजनक आवाजमा अभिवादन गर्ने ।
प्रेमको अभिव्यक्ति : बोली र व्यवहार दुवैमार्फत आफ्नो प्रेम व्यक्त गर्ने ।
न्यानो मुस्कान : परिवारसँग सधैँ मुस्कुराएर व्यवहार गर्ने ।
विचारशील व्यवहार : अरूलाई सहज र आरामदायी महसुस गराउन सहयोग गर्ने ।
साँचो चासो : स-साना कुरामा ध्यान दिने र विचारशील प्रश्नहरू सोध्ने ।
समझदारी : आफूलाई अरूको ठाउँमा राखेर सोच्ने ।

खुसीको ‘प्राइमिङ पानी’ खन्याउनुहोस् !

3:39
0:00 3:39

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।