अन्त्यसम्म जित्नुपर्छ

12,734 भ्यु
लेख सुन्नुहोस् 2:48

कुनै पनि सामान जतिसुकै राम्रो भए पनि यदि त्यसको फिनिसिङ राम्रो छैन भने, त्यसको मूल्य घट्छ । स्तम्भको रूपमा प्रयोग गरिने काठ पनि उस्तै हो । भवनको सम्पूर्ण भारलाई थाम्नका लागि बलियो, सीधा र ठूलो काठको आवश्यकता पर्दछ । तर काठ जतिसुकै राम्रो जातको भए पनि, सीधा बढेको काठको टुप्पो नै बाङ्गो वा भाँच्चिएको छ भने त्यसलाई स्तम्भको रूपमा प्रयोग गर्न सकिँदैन ।

“जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, …” प्रकाश ३:१२

स्वर्गीय मन्दिरको स्तम्भ बन्नका लागि, हामीले अन्त्यसम्मै जित्नुपर्छ । अहिलेसम्म ईमानदार भएर विश्वासको जीवनमा अघि बढेको भए पनि अन्त्यसम्म स्थीर रहन सकेन भने त्यो विश्वास व्यर्थ हुन्छ । त्यसैले परमेश्वरले हामीलाई कसैले पनि खोस्न नसक्ने गरी त्यो मुकुट पक्रन भन्नुभयो ।

स्वर्गीय मन्दिरको स्तम्भ बन्नका लागि हामीले सबै किसिमका प्रलोभनहरूलाई जित्दै विश्वासको बाटोमा एकाग्रताका साथ हिँड्नुपर्छ ।

अन्त्यसम्म जित्नुपर्छ

2:48
0:00 2:48

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।