विशेष फोटो

एक जना सानो बालक बाथरुममा ऐनामा हेर्दै जिब्रो बाहिर निकालेर जिस्किरहेको थियो, अनि बाबुचाहिँ आफ्नो छोरोलाई ऐनामा हेर्दै खुसीले मुस्कुराइरहेका थिए । सर्ट नलगाईकन एक साथ उभिएको फोटोमा बुबा-छोराको सम्बन्ध एकदमै आत्मिय देखिएको थियो । तर नजिकबाट हेर्दा त्यो फोटो अनौठो देखिन्थ्यो । उनीहरू दुवैको पेटमा एउटा सेतो ट्यूब जोडिएको थियो ।
छोराचाहिँ टेट्रालोजी अफ फ्यालोट(Tetralogy of Fallot) नामक जन्मजात मुटु रोग लिएर जन्मिएको थियो । मुखबाट खान नसक्ने भएकोले उसलाई ट्यूबद्वारा खुवाउनुपर्थ्यो ।
सानै उमेरमा ठूलो पीडा भोगिरहेको छोराको हिम्मत बढाउनका लागि, बुबाले आफ्नो एउटा जी-ट्युब (G-tube) काटेर छोराको जस्तै ठाउँमा टाँसे । छोरालाई ढाडस दिन फोटो खिच्दै उनले यस्तो कुरा लेखे । “जबसम्म मेरो सास रहन्छ, तबसम्म म सधैँ तिम्रो साथमा हुनेछु र तिमीलाई कहिल्यै एकलो छोड्नेछैन ।”