परिवर्तन हुन अझ सजिलो छ

14,709 भ्यु
लेख सुन्नुहोस् 5:19

रोयल होलोवे, लन्डन विश्वविद्यालयकी डा. बर्नेस एन्ड्रयुजले करिब १०० जना अधबैँसे महिलाहरूमा एउटा अनुसन्धान गरिन् । जसमध्ये ७९% महिलाहरू न्यून आत्मबल र डिप्रेसनबाट पीडित थिए । ती महिलाहरूमा ७ वर्षपछि कस्तो परिवर्तन आउँछ होला भन्ने कुरा जान्नका लागि उनी एकदमै जिज्ञासु थिइन् । ७ वर्षपछि फेरि अनुगमन सर्वेक्षण गरियो, जसको नतिजाअनुसार पहिलाको अवस्था भएका महिलाहरू केवल ४% मात्र थिए । निष्कर्षमा भन्नुपर्दा वातावरणको प्रभावले होस् या कुनै घटनाको प्रभावले होस्, मानिसहरू निश्चय नै परिवर्तन हुन सक्छन् । हामी आफैले पनि झनक्क रिसाइहाल्ने मानिसहरू नम्र भएका र आफ्नो कुरा राख्न डराउनेहरू राम्ररी आफ्नो हक र अधिकारको बारेमा बोल्न सक्ने भएका थुप्रै उदाहरणहरू देखेका छौं ।

त्यसैले आफ्नो व्यक्तित्व मन परेन भन्दैमा निरुत्साहित भइरहन आवश्यक छैन । हरेस नखाएसम्म परिवर्तन हुने सम्भावनाहरू प्रशस्त हुन्छन् । यदि हामीमा कुनै काम गर्ने दृढ इच्छाशक्ति वा भित्री जाँगरको कमी छ भने पनि चिन्ता लिनुपर्दैन । भनिन्छ कि, मानिसहरूले उपयुक्त वातावरण र सही मौका पाए भने अल्छी गरेर पन्छाएको काम पनि अन्तमा पूरा गर्न सक्छन् ।

स्वर्गमा प्रवेश गर्न कस्तो चरित्र निर्माण गर्नुपर्छ भन्नेबारे परमेश्वरको वचन अध्ययन गर्दै जाँदा, हामीले आफ्नो स्वभाव परिवर्तन गर्ने वातावरण र अवसरहरू निरन्तर पाइरहेका हुन्छौं । वास्तवमा परिवर्तन नहुनुभन्दा परिवर्तन हुनु अझ सजिलो छ ।

यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ । यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्नेह, भातृ-स्नेहमा प्रेम थप । २ पत्रुस १:४-७

परिवर्तन हुन अझ सजिलो छ

5:19
0:00 5:19

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।