सहजीवन

14,902 भ्यु
लेख सुन्नुहोस् 4:05

बाँझो जमिनमा आदिवासी अमेरिकीहरूले प्रभावकारी रूपमा प्रयोग गर्ने एउटा खेती विधि छ । यसलाई ‘तीन दिदी-बहिनी’ खेती विधि भनिन्छ । त्यहाँका रैथानेहरूले मकैसँगै सिमी र फर्सि रोप्ने गर्छन् । कारण तीन बालीको अन्तरक्रियाको परिणाम एउटा बाली रोप्नुभन्दा, एकदमै उच्च गुणस्तर, मिठो स्वाद र धेरै उत्पादन हुने भएकोले हो ।

सिद्धान्त सरल थियो । मकैको डाँठ बलियो हुने भएकोले सिमी र फर्सीका लहराहरू त्यसमा चढ्न सक्छन् । सिमीले हावाबाट नाइट्रोजन लिएर जरामा पठाउँछ जसले मकै र फर्सीलाई उत्कृष्ट प्राकृतिक मल प्रदान गर्दछ । फर्सीले त्यसको ठूलो पातद्वारा जमिनलाई छोपिदिन्छ जसले गर्दा माटो सुख्खा हुन पाउँदैन, र यसले सूर्यको प्रकाशलाई छेक्ने भएकोले झारहरू हुर्किंन पाउँदैन । त्यहाँका रैथानेहरूले मकै, फर्सी र सिमीलाई तीन दिदी-बहिनी भन्नुको कारणचाहिँ ती बिरुवाहरूले एक-अर्कालाई मिलनसार दिदी-बहिनीजस्तै राम्रोसँग हुर्कन मद्दत गरेकोले गर्दा हो ।

सहजीवन सम्बन्धमा एउटा मात्र पक्षले सहयोग दिने वा लिने अवस्था कहिल्यै हुँदैन । हामी आफूसँग भएका कुराहरू बाँड्दै र आफूसँग नभएका कुराहरू परिपूर्ति गर्दै एक-अर्कालाई सहयोग गर्दै जिउँछौं । के यो नै अनन्तकाल जीउने सियोनका दाजुभाइ-दिदीबहिनीले सिक्नुपर्ने मनोवृत्ति होइन र ?

दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ । … किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ । भजन १३३:१-३

सहजीवन

4:05
0:00 4:05

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।