भाषा चयन गर्नुहोस् ।

Close

हाम्रो परिवारको ‘एकदिने कक्षा’

679 भ्यु
लेख सुन्नुहोस् 3:38

हरेक व्यक्तिमा आ-आफ्नै प्रतिभा हुन्छ । चाहे बालक होस् या वृद्ध, सबै जनाबाट सिक्न सकिने केही न केही कुरा अवश्य हुन्छ । सिक्न सकिने कुरा भन्नाले कुनै विशेष प्रतिभा वा उत्कृष्ट सीप नै हुनुपर्छ भन्ने छैन । साइकल चलाउने, चाउचाउलाई स्वादिष्ट तरिकाले पकाउने, लुगा पट्याउने, कुनै मेसिन चलाउने वा कागजका खेलौनाहरू बनाउने जस्ता दैनिक जीवनका सानातिना गतिविधिहरूमा कोही थोरै मात्र पोख्त छ भने पनि, त्यो अरूलाई सिकाउन र अरूबाट सिक्न लायकको हुन्छ ।

यो महिना आफ्नो परिवारसँग ‘एकदिने कक्षा’ सञ्चालन गरिहेर्नुहोस् । एक-अर्कालाई सिकाउने र एक-अर्काबाट सिक्ने क्रममा, तपाईंको परिवार सँगै अगि बढ्न सक्छ । यसरी सँगै बिताएको त्यो समय एउटा अमूल्य सम्झना बन्नेछ !

व्यवहारमा लागू गर्ने तरिका
एक-अर्काबाट के सिक्न चाहनुहुन्छ भन्ने विषयमा कुराकानी गर्ने
कक्षाको समयमा सिकाउने परिवारको सदस्यलाई ‘शिक्षक’ भनी सम्बोधन गर्ने
शिक्षकको भूमिका निर्वाह गर्ने परिवारको सदस्यलाई आदरपूर्वक व्यवहार गर्ने
विद्यार्थीलाई सिक्न गाह्रो हुँदा वा उसले गल्ती गर्दा समेत, शिक्षकले दयालु भएर राम्ररी सिकाइदिने
विद्यार्थीले राम्रो गर्दा शिक्षकले खुलेर प्रशंसा गरिदिने
वास्तविक कक्षाकोठामा भएझैँ गरी रमाइलो अभिनय खेल खेल्ने

हाम्रो परिवारको ‘एकदिने कक्षा’

3:38
0:00 3:38

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।