ध्यान दिएर सुन्ने
कुराकानीसम्बन्धी गरिएको १००० जना कर्मचारीको सर्वेक्षणमा ४०%ले कुराकानीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘अरूको कुरा सुन्नु हो’ भनेका थिए । दुई जना मानिसलाई आमनेसामने राखेर एउटा निश्चित विषयमा गराइएको कुराकानीको अनुसन्धानले पनि सुन्नुको महत्त्वलाई प्रष्ट पारेको थियो । जब ती मानिसहरूलाई अरूका कुरा ध्यान दिएर सुन्न भनियो, तब उनीहरूले सहजै कुराकानी गर्न सके । तर जब उनीहरूलाई अरूका कुरा नसुन्न भनियो तब उनीहरूले आफ्नो कुराकानी अगाडि बढाउनै सकेनन् ।

चुपचाप बसेर टाउको हल्लाइरहेको छ भन्दैमा उक्त व्यक्तिले राम्ररी कुरा सुनिरहेको छ भनेर भन्न सकिँदैन । मनमा कुरा खेलाउँदै अरूको कुरा सुनिरहेको छ भने त्यो व्यक्तिले ध्यान दिएर कुरा सुनिरहेको छैन भन्ने कुरा तुरुन्तै थाहा भइहाल्छ । त्यस्तो अवस्थामा भर्खंरै सुनेको कुरा पनि याद हुँदैन । यसरी अरूको कुरा राम्रोसँग नसुन्दा महत्त्वपूर्ण जानकारी छुट्न सक्ने भएकोले विज्ञहरूले यस्तो मूर्खपूर्ण कार्य गर्नुहुँदैन भन्ने गर्छन् ।
परमेश्वरसँग कुराकानी गर्नका लागि पनि ‘राम्ररी सुन्नु’ आवश्यक छ । परमेश्वरको वचनमा करोडौँ डलर तिरेर पनि खरिद गर्न नसकिने आशिष्हरू समाविष्ट छन् । टाउको मात्र हल्लाउँदै परमेश्वरको वचनमा ध्यान दिइरहेका छैनौं र आफूलाई सुन्न मन लागेको कुरा मात्र सुन्न चाहिरहेका छौं भने अबचाहिँ सम्पूर्ण मन र मस्तिस्कद्वारा परमेश्वरको वचनमा कान लगाऔं । अनि हाम्रो मुक्तिसम्बन्धी परमेश्वरको इच्छा बुझ्ने होऔं ।