परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !

16,048 भ्यु
본문 읽기 4:49
현재 언어는 음성 재생을 지원하지 않습니다.

खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ ।

नम्र हुनु यतिसम्म प्रभावकारी हुन्छ भने यो महिना आफ्नो परिवारलाई आफ्नो ग्राहक ठानेर उनीहरूसँग नम्र व्यवहार गर्दा कसो होला ? वास्तवमा परिवारसँग सधैँ नम्र व्यवहार गर्न सजिलो त हुँदैन । कहिलेकहीँ निराश हुँदा, बिरामी हुँदा अथवा अरू कुराको बढी वास्ता गर्दाखेरि रुखो बोली र व्यवहार गर्ने अवस्थाहरू धेरै हुन्छ । यसैकारण एक-अर्कालाई चोट पुऱ्याएको वा आपसमा असमझदारी सृजना भएको कुराप्रति पछुतो पनि लाग्न सक्छ ।

कुनै अपरिचित व्यक्तिसँग त मन्द मुस्काउँदै व्यवहार गरिन्छ भने आफ्नो परिवारसँग त्यसरी व्यवहार गर्न नसक्नुमा कुनै कारण छ त ? आफ्नो परिवारलाई एक VIP ग्राहकलाई जस्तै व्यवहार गऱ्यो भने यहाँहरूको घर पनि उज्ज्वल र हर्षपूर्ण ऊर्जाले भरिभराउ हुनेछ ।

सुझाव
ऐनामा हेर्दै मन्द मुस्काउन कोसिस गर्ने
परिवारसँग कुराकानी गर्दा मैत्रीपूर्ण तवरले नम्रतापूर्वक बोल्ने
परिवारलाई थाहा नभएको कुरा छ भने नम्रतापूर्वक जानकारी दिने
परिवारको कुरालाई मुस्काउँदै अन्त्यसम्मै सुनिदिने
“धन्यवाद” वा “म त्यसको कदर गर्छु” भनेर लगातार भन्ने
परिवारले गल्ती गर्दाखेरि त्यसलाई सहेर बुझिदिन प्रयास गर्ने
चाहिएको कुरा उनीहरूले माग्नुअगावै ल्याएर दिने
सँगै घरभित्र प्रवेश गर्दाखेरि सबै जना प्रवेश नगरुञ्जेल ढोका समाइदिने
केही समयसम्म यो मिसनलाई लागू गरेपछि एक-अर्काको नम्र व्यवहारको मूल्याङ्कन गर्ने