समग्र सर्भिस (전체서비스)

आमाको प्रेम र शान्ति दिवस

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सन् २०२४मा आफ्नो ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा नोभेम्बर १ तारिखलाई 'आमाको प्रेम र शान्ति दिवस' घोषणा गऱ्यो ।प्रत्येक नोभेम्बरमा, मण्डलीले दैनिक जीवनमा आमाको प्रेमलाई कार्यान्वयन गर्न प्रेम, सञ्चार र सद्भावको प्रवर्द्धन गर्दै विश्वव्यापी अभियान सञ्चालन गर्छ…

My Space

यो वेबसाइटद्वारा यहाँहरूले आफ्नो लेख एलोहिष्ट, सोल र खुशी परिवार जस्ता पत्रिकामा पठाउन सक्नुहुन्छ, र यहाँहरूले सङ्कलन गर्नुभएको ताराहरू प्रयोग गरेर पढ्न चाहेको पुस्तक अनुरोध गर्न सक्नुहुन्छ ।

खुशी परिवार

शबाथ-दिनको तयारी गर्ने खुशी परिवारचाहिँ पारिवारिक आराधना गर्न मद्दत गर्ने मासिक पत्रिका हो । शबाथको तयारीको दिनमा सबै परिवार एकसाथ भेला भएर पारिवारिक आराधनाद्वारा परमेश्वरलाई धन्यवाद चढाउन सकिन्छ ।

Soul

‘Soul’चाहिँ विद्यार्थीहरूको दृष्टिकोणबाट परमेश्वरको अनुग्रह र बाइबलीय ज्ञान प्रदान गर्ने मासिक पत्रिका हो । योद्वारा विद्यार्थीहरूले धार्मिक भावना बिजारोपण गरी आफ्नो विश्वासलाई बलियो बनाउन सक्छन् ।

एलोहिष्ट

एलोहिस्टको अर्थ ‘एलोहिम परमेश्वर (पिता परमेश्वर, माता परमेश्वर)लाई विश्वास गर्ने मानिस’ हो । यो मासिक पत्रिकाले विश्वभरिका परमेश्वरको मण्डलीका सदस्यहरूको आत्मिक महसुस र रचनात्मक कुराहरू प्रस्तुत गर्दछ ।

बाइबल र सत्यता

योद्वारा परमेश्वरको मण्डलीमा मानिने शबाथ-दिन, निस्तार-चाड र बप्तिस्मा जस्ता आधारभूत सत्यताहरू बुझ्न सक्नुहुनेछ, र बाइबलीय पात्र र संरचनाको विषयमा गहन रूपमा अध्ययन गर्न सक्नुहुनेछ ।

‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी

पाँच वटा क्षेत्रहरूमा गरिएको यो प्रदर्शनीमा ‘आमा’ शीर्षकमा लेखहरू प्रस्तुत गरिएका छन्, र मेल्कीसेदेक प्रकाशन कम्पनीमा पाठकहरूले पठाएका आमाको स्मृति समेटिएका तस्बिर र विभिन्न सामग्रीहरू समावेश छन् ।

ASEZ विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह

योचाहिँ विश्वव्यापी गाउँका वास्तविक समस्याहरू समाधान गर्नका लागि कार्य गर्ने परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह हो । जलवायु परिवर्तनका कारण निम्तिने विभिन्न किसिमका प्रकोप, भूकम्प, ज्वालामुखी विस्फोट, आतंकवाद र युद्ध जस्ता विभिन्न विपत्तिले गर्दा दुःख भोगिरहेका विश्वव्यापी गाउँका छिमेकीहरूलाई…

ASEZ WAO जागिरे युवा स्वयंसेवक समूह

योचाहिँ विश्वका १७५ राष्ट्रका ७,५०० मण्डलीहरूमा आबद्ध परमेश्वरको मण्डलीका जागिरे युवाहरू संलग्नित अन्तर्राष्ट्रिय स्वयंसेवक सङ्गठन हो । युवाहरूको सकारात्मक ऊर्जाका साथ सदस्यहरूले छिमेकी र समुदायको हेरचाह गर्छन्, र वातावरण संरक्षण गरेर मानवता र पृथ्वीको लागि योगदान पुर्‍याउँछन् ।

संसारसँगै – ओरा समर्थन

सन् २००३ देगु समर युनिभर्सिएडचाहिँ विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूको लागि खेलकुद महोत्सव थियो । राष्ट्रियता, जाति, संस्कृति र भाषाभन्दा बाहिरका १७६ वटा देशका खेलाडीहरूलाई ९०,००० भन्दा बढी सदस्यहरूले समर्थन गरे ।