‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी

पाँच वटा क्षेत्रहरूमा गरिएको यो प्रदर्शनीमा ‘आमा’ शीर्षकमा लेखहरू प्रस्तुत गरिएका छन्, र मेल्कीसेदेक प्रकाशन कम्पनीमा पाठकहरूले पठाएका आमाको स्मृति समेटिएका तस्बिर र विभिन्न सामग्रीहरू समावेश छन् ।

ASEZ विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह

योचाहिँ विश्वव्यापी गाउँका वास्तविक समस्याहरू समाधान गर्नका लागि कार्य गर्ने परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह हो । जलवायु परिवर्तनका कारण निम्तिने विभिन्न किसिमका प्रकोप, भूकम्प, ज्वालामुखी विस्फोट, आतंकवाद र युद्ध जस्ता विभिन्न विपत्तिले गर्दा दुःख भोगिरहेका विश्वव्यापी गाउँका छिमेकीहरूलाई सहयोग गर्न यस समूहले विविध गतिविधिहरू सञ्चालन गर्दछ ।

ASEZ WAO जागिरे युवा स्वयंसेवक समूह

योचाहिँ विश्वका १७५ राष्ट्रका ७,५०० मण्डलीहरूमा आबद्ध परमेश्वरको मण्डलीका जागिरे युवाहरू संलग्नित अन्तर्राष्ट्रिय स्वयंसेवक सङ्गठन हो । युवाहरूको सकारात्मक ऊर्जाका साथ सदस्यहरूले छिमेकी र समुदायको हेरचाह गर्छन्, र वातावरण संरक्षण गरेर मानवता र पृथ्वीको लागि योगदान पुर्‍याउँछन् ।

संसारसँगै – ओरा समर्थन

सन् २००३ देगु समर युनिभर्सिएडचाहिँ विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूको लागि खेलकुद महोत्सव थियो । राष्ट्रियता, जाति, संस्कृति र भाषाभन्दा बाहिरका १७६ वटा देशका खेलाडीहरूलाई ९०,००० भन्दा बढी सदस्यहरूले समर्थन गरे ।

विश्वभरिबाट प्राप्त अवार्ड

व्यक्तिवाद र स्वार्थीपन व्याप्त भएको यो संसारमा सेवाद्वारा छिमेकी र समाजलाई मद्दत गर्ने परमेश्वरको मण्डलीले विश्वभरिका सरकार, संस्था र विभिन्न क्षेत्रहरूबाट पदक, प्रशंसापत्र र कदरपत्र जस्ता ३,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

बेलायती महारानी अवार्ड

देशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको परमेश्वरको मण्डलीलाई बेलायती महारानी अवार्ड दिइयो । यो अवार्डचाहिँ बेलायत साम्राज्यअन्तर्गत रहेका ५३ राष्ट्रमण्डल देशका २.२ अर्ब जनताद्वारा मान्यता प्राप्त प्रतिष्ठित अवार्ड हो ।

विश्वव्यापी बाइबल सेमिनार

विश्वभरिका विज्ञहरूले पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ भनेर गवाही दिइरहेका छन् । यो विश्वव्यापी बाइबल सेमिनारले बाइबल र अन्य गहन अध्ययनहरूद्वारा यस विषयमा गवाही दिन्छ ।

माता परमेश्वरकहाँ आओ

परमेश्वरको मण्डलीले पिता परमेश्वर र माता परमेश्वर दुवैलाई विश्वास गर्दछ । बाइबल र सम्पूर्ण सृष्टिको थोकले गवाही दिएको माता परमेश्वरको बारेमा धेरै भिडियो प्रवचनहरू छन् ।

ख्रीष्ट आन साङ होङज्यू

ख्रीष्ट आन साङ होङज्यू नै मानव-जातिको मुक्तिको लागि दोस्रो पल्ट शरीरमा आउनुभएका येशूज्यू हुनुहुन्छ र आधारभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ । यो साइटले आन साङ होङज्यूको जीवनी, उपलब्धि र शिक्षाहरूको परिचय दिन्छ ।