“बसेको ठाउँबाट उठ ।”
चोरीको आरोपमा साथीहरूसँगै अदालत पुऱ्याइएकी एक छात्रालाई न्यायाधीशले नम्र आवाजमा भने । ती छात्रा अलि हिचकिचाउँदै उठेपछि न्यायाधीशले फेरि भने,
“मैले बोलेको कुरालाई ठूलो सोरमा दोहोऱ्याउनू ।” “म संसारको सबैभन्दा उत्तम मानिस हुँ ।” “म जे पनि गर्न सक्छु ।” “मलाई यो संसारमा कसैको पनि डर लाग्दैन ।” “यो संसारमा म एकलै छुइनँ ।”
न्यायाधीशले बोलेको कुरालाई ठूलो आवाजमा दोहोऱ्याइरहेकी ती छात्रा अन्त्यमा भक्कानिँदै रोइन् । वास्तवमा गत वर्षको सुरुवातसम्म मात्र पनि तिनी एक जेहेन्दार विद्यार्थी थिइन् । तिनले विद्यालयमा राम्रो अङ्क ल्याउने गर्थिन्, अनि नर्स बन्ने तिनको सपना थियो । तर अन्य विद्यार्थी समूहको कुटाइमा परेदेखि तिनी बरालिन थालेर आपराधिक गतिविधिहरूमा सहभागी हुन पुगेकी रहिछन् ।
ती छात्राको अवस्था बुझिदिएका न्यायाधीशले तिनीमाथि कडा कारवाही गर्नुको सट्टा “उठेर कराऊ” मात्र भने । ती न्यायाधीशले आँखाभरि आँसु पार्दै यसो भने, “आत्मसम्मान गुमाउनु नै तिमीले गरेको एउटा अपराध हो । त्यसैले तिम्रो आत्मसम्मान फर्काउनमा सहयोग मिल्ने फैसला सुनाउनुपर्छ जस्तो लाग्छ ।”