
“नमस्कार ! हामी जुम्ल्याहा दाजुभाइ आज पहिलो पटक उडान भर्दैछौं । हामीहरू भर्खर १४ हप्ताका भयौं । हामीहरू ज्ञानी हुनलाई सक्दो कोसिस गर्नेछौं, तर कान दुखेर अथवा डर लागेर यदि शान्त हुन सकेनौं भने हामी यहाँहरूसित पहिल्यै माफी माग्न चाहन्छौं । हाम्रा बुबा-आमासँग कानलाई ट्याप्प बन्द गर्ने सामग्री छ, आवश्यक परेमा सम्पर्क गर्नुहोला । हामी दाजुभाइ २०E र २०F नम्बरको सिटमा बसिरहेका छौं । ल, यहाँहरू सबैलाई शुभ यात्रा !”
संयुक्त राज्य अमेरिकाको अनलाइन सामाजिक सञ्जालमा, चकलेटको सानो प्याकेटमा टाँसिएको यो सन्देशसहित तस्वीर पनि अपलोड गरिएको थियो । जुम्ल्याहा दाजुभाइको त्यो सन्देशचाहिँ वास्तवमा उनीहरूका बुबा-आमाले लेखेका थिए । विमानमा पहिलो पटक चढेका छोराहरूको हल्लाप्रति बुबा-आमाले यात्रुहरूसँग अग्रीम क्षमायाचनास्वरूप ती चकलेटहरू बाँडेका थिए । तस्वीर अपलोड गरेका यात्रुले “मिजासिला र विचारशील यी दम्पतीको स्वरूप साँच्चै उत्कृष्ट छ” भन्दै खूब प्रशंसा गरेका थिए ।
सन्तानप्रतिको प्रेमबाट उत्पन्न भएको अरूप्रतिको उहाँहरूको विचारशीलताले सबैलाई न्यानो प्रेरणा मिल्यो ।