एउटा छावा(हात्तीको बच्चा) पुतलीलाई पछ्याउने क्रममा गल्तीले बच्चा जिराफहरू खेलिरहेको ठाउँमा पुग्यो । छावालाई पहिलो पटक देखेका बच्चा जिराफहरूले उसको विषयमा टिप्पणी गर्न थाले ।
“ए साथी हो, त्यहाँ हेर त ।” “ओहो ! कति लामो नाक ।” “हा हा, कस्तो अनौठो देखिएको ।”
त्यसरी गिल्ला पाएको छावा रुँदै घर फर्कियो । छक्क पर्दै माउ हात्तीले के भयो भनेर सोधिन् । छावाले सबै कुरा बताएपछि माउ हात्तीले यसो भनिन्,
“जिराफहरूले तिम्रो खिल्ली उडाए पनि केही परिवर्तन हुँदैन । समस्याचाहिँ तिमी होइनौं, तर उनीहरूको गिज्याउने व्यवहार हो ।”
अर्को दिन, छावाको गिल्ला गरेको एउटा बच्चा जिराफ बाटो बिराएर हात्तीको बथान भएको ठाउँमा आइपुग्यो । जिराफलाई पहिलो पटक देखेका सबै छावाहरूले उसको विषयमा टिप्पणी गर्न थाले ।
“कस्तो हाँसउठ्दो !” “उसको घाँटी कत्ति लामो ।” “शरीरमा भएको बुट्टा पनि अनौठो छ ।”
तब अघिल्लो दिनमा जिराफहरूबाट गिल्ला पाएको छावाले यसो भन्यो,
“जिराफमा त केही खराबी छैन । हामी पनि जिराफहरूको नजरमा अनौठा देखिन्छौं । तर गिज्याउने व्यवहारचाहिँ खराब हो ।”