कल्पनाभन्दा बाहिरको ठाउँ

15,458 भ्यु
लेख सुन्नुहोस् 3:13

मानिसको कल्पना असीमित छ । यदि तपाईंले कुनै पनि उत्कृष्ट कल्पनाबाट बनेको अद्भूत आविष्कार वा कलाको सुन्दर काम देख्नुभयो भने, चकित हुँदै “वाह” भन्नुहुन्छ । कसैले पनि गर्न सक्दैन भनेर असम्भव ठानेको कुरा जब कुनै व्यक्तिले हासिल गर्छ तब मानिसहरूले प्रशंसा गर्दै भन्छन्, “उनले कल्पनाभन्दा बाहिरको काम गरेका छन् ” 

तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।” १ कोर २:९

स्वर्गीय राज्यचाहिँ मानव कल्पनाभन्दा बाहिर छ । यसलाई कसैले पनि नदेखेका र नसुनेका हुनाले संसारको कुनै पनि शब्दद्वारा यसलाई व्यक्त गर्न सकिँदैन । यसलाई मानिसको सोचाइद्वारा कल्पना गर्न समेत असम्भव छ । 

तसर्थ यो अद्भुत र सुन्दर स्वर्गीय राज्यको अस्तित्व मानिसहरूलाई थाहा दिन परमेश्वर यो पृथ्वीमा आउनुभयो । स्वर्गचाहिँ स्फटिकजस्तो जीवनको पानी बग्ने, जीवनको रूखले हरेक महिना फल फलाउने र मृत्यु, शोक, पीडा नभएको ठाउँ हो । 

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, आउनुहोस्, सबै जना सँगै जाऔं ।

कल्पनाभन्दा बाहिरको ठाउँ

3:13
0:00 3:13

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।