सम्राट बुबा पेन्गुइन र छोराबीचको कुराकानी

15,934 भ्यु
लेख सुन्नुहोस् 2:30

“बुबा, म अण्डाभित्र कति समयसम्म बसें ?”

“तिमी त्यहाँ दुई महिनासम्म बस्यौ ।”

“अनि म नजन्मिउञ्जेल तपाईंले चाहिँ के गर्नुभयो नि ?”

“तिमी भएको अण्डालाई न्यानो बनाउनका लागि खुट्टामा च्यापेर बसें ।”

“आरामै नगरी दुई महिनासम्म ? केही नखाईकन ?”

“हो नि छोरा, मैले केही बेर मात्र पनि कोरल्न छोडिदिएँ भने अण्डा जमेर बरफ बन्ने अवस्था हुन्छ । “त्यति मात्र कहाँ हो र, कहिलेकहीँ त अण्डा ढुकेर बस्ने स्कुआले आफ्नो आहार पनि बनाउन सक्छ, अनि कहिलेकहीँ चाहिँ अरू पेन्गुइनहरू आएर खोसेर लैजाने डर हुन्छ ।

“वाह, कस्तो अचम्मको कुरा । बुबा, म पनि तपाईंजस्तै ठूलो भएपछि तपाईंको रक्षा गर्नेछु !”

“हाहा, भैहाल्छ नि, कस्तो राम्रो कुरा भन्यौ !”

सम्राट पेन्गुइनले मनमनै खुसी हुँदै यसो भने,

“तर त्यो समयसम्म त तिमी आफ्नो अण्डा जोगाउनमा नै व्यस्त हुनेछौ ।”

सम्राट बुबा पेन्गुइन र छोराबीचको कुराकानी

2:30
0:00 2:30

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।