सम्राट बुबा पेन्गुइन र छोराबीचको कुराकानी

“बुबा, म अण्डाभित्र कति समयसम्म बसें ?”
“तिमी त्यहाँ दुई महिनासम्म बस्यौ ।”
“अनि म नजन्मिउञ्जेल तपाईंले चाहिँ के गर्नुभय नि ?”
“तिमी भएको अण्डालाई न्यानो बनाउनका लागि खुट्टामा च्यापेर बसिरहेको थिएँ ।”
“आरामै नगरी दुई महिनासम्म ? केही नखाईकन ?”
“हो नि छोरा, मैले केही बेर मात्र पनि कोरल्न छोडिदिएँ भने त्यो अण्डा जमेर बरफ बन्ने अवस्था हुन्छ । “त्यति मात्र कहाँ हो र, कहिलेकहीँ त अण्डा ढुकेर बस्ने स्कुआले आफ्नो आहार पनि बनाउन सक्छ, कहिलेकहीँ चाहिँ अरू पेन्गुइनहरू आएर खोसेर लैजान सक्छन् ।
“वाह, कस्तो अचम्मको कुरा । बुबा, जब म तपाईं जत्रै ठूलो हुन्छु नि, म पनि तपाईंको रक्षा गर्नेछु !”
“हाहा, भैहाल्छ नि, कस्तो राम्रो कुरा भन्यौ !”
बुबा सम्राट पेन्गुइनले मनमनै खुसी हुँदै यसो भने,
‘तर त्यो समयसम्म त तिमी आफ्नो अण्डा जोगाउनमा नै व्यस्त हुनेछौ ।’