हरेक दिन मीठो खाने

9,706 भ्यु

कुनै एक निम्न माध्यमिक विद्यालयका एक जना शिक्षकले विद्यार्थीहरूलाई सोधेछन् ।

“एक जना मानिसले बजारबाट १० वटा स्याउहरू किनेछन्, तर घर आएर नियालेर हेर्दा त हरेक स्याउमा कुनै न कुनै खराबी थियो । ती स्याउहरूलाई लगेर साट्न पनि अप्ठ्यारो थियो, पसलेलाई दोष दिनुको कुनै अर्थ थिएन । ती स्याउहरू त्यत्तिकै खान तिनी बाध्य भएछन् । अब भन्नुहोस्, ती मानिसले एक दिनमा एउटा स्याउ गरेर खाए भने कसो गरेमा दिनहुँ खुशीसाथ खान सक्छन् होला ?”

एक जना विद्यार्थीले तुरुन्तै जवाफ दिए ।

“जुन स्याउ खाए नि भयो, किनभने सबै स्याउहरू बिग्रिएका छन् ।”

अर्का विद्यार्थीले पनि भने ।

“म भएको भए सबैभन्दा नमीठो देखिने स्याउदेखि खान सुरु गर्थें ।”

त्यसपछि अर्का एक जना विद्यार्थीले हात उठाए ।

“म दिनहुँ स्वादिलो देखिने स्याउ छानेर खानेथिएँ ! त्यसो हुँदा उस्तै स्याउ भए पनि सबै स्वादिलो लाग्नेछ, मूड पनि राम्रो हुनेछ ।”

तेस्रो विद्यार्थीको जवाफजस्तै, आफूसँग भएको स्याउमध्ये दिनहुँ सबैभन्दा स्वादिलो स्याउ छानेर खायो भने १० दिनसम्मै स्वादिला स्याउहरू खान सकिनेछ । यहाँहरूले आफ्नो हरेक दिनलाई सबैभन्दा खुशीको दिनको रूपमा स्वागत गर्दा कसो होला ?