कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन । प्रेमको बीउलाई उम्रिएर, फूल फुलेर फल फल्ने गराउनको निम्ति त्यसको हेरचाह गर्नुपर्छ ।
तरिकाहरूमध्येको एउटा नै परिवारका प्रबल पक्षहरूमा नजर लगाउनु हो । प्रबल पक्षहरू पत्ता लगाउनको निम्ति परिवारमा रुचि राख्ने क्रममा आपसी समझदारी प्रगाढ बनेर प्रेम बढ्दैजान्छ । प्रबल पक्षहरू पत्ता लाग्यो भने त्यसलाई आफूभित्र मात्र सीमित नराखीकन बोलीद्वारा अभिव्यक्त गरिहेर्नुहोस् । त्यसरी अभिव्यक्त गऱ्यो भने उनीहरूमा आत्मविश्वास पलाएर उनीहरूको प्रबल पक्ष अझ चम्कनेछ ।
यो महिनामा परिवारभित्र एक-अर्काका प्रबल पक्षहरूलाई अभिव्यक्त गर्दै प्रेमको फूल फुलाउनुहोस् !
- सुझाव
- परिवारको प्रबल पक्ष पत्ता लगाएर डायरीमा टिप्ने
- परिवारका प्रबल पक्षहरूबारे कुराकानी गर्ने समय तोक्ने
- प्रबल पक्ष पत्ता लाग्यो भने उतिखेरै प्रशंसा गरिहाल्ने
- प्रबल पक्षबारे विस्तृत तरिकाले बताउने
(“मलाई तपाईंको यो पक्ष मन पर्छ,” “तिमीले यसो गर्दा बुबा तिमीप्रति गर्व गर्नुहुन्छ” इत्यादि ।) - परिवारलाई सम्बन्धित प्रबल पक्षको उपनामले बोलाउने
(‘मुस्कान स्वर्गदूत आमा,’ ‘सकारात्मक सानो राजा’ इत्यादि ।) - अर्को व्यक्तिसँग कदापि तुलना नगर्ने
- कसैमा दुर्बल पक्ष देखिए तापनि ढाकछोप गरेर प्रोत्साहन दिने