शैक्षिक योग्यता जाँच(SAT)पछि माध्यमिक विद्यालयका केही विद्यार्थीहरूलाई उनीहरूको सपनाबारे प्रश्नहरू सोधियो । उनीहरूबाट विभिन्न उत्तरहरू आए : गायकको रूपमा पहिलो गीत गाउने, विश्व भ्रमण गर्ने, मनले चाहेजति तारेको चिकेन खाने, विद्यालयको मैदानमा खेतीपाती गर्ने इत्यादि ।
त्यसपछि अर्को एउटा प्रश्न सोधियो । “अब जिउने समय १ वर्ष मात्र बाँकी छ भने यीमध्ये कुनचाहिँ छान्नुहुन्छ, आफ्नो सपना पूरा गर्ने वा ५ लाख डलर लिने ?” सबै विद्यार्थीहरूले आफ्नो सपना पूरा गर्ने कुरालाई नै छाने । उनीहरूले आफ्नो सपनालाई अरू कुनै चीजभन्दा बढी मूल्यवान् ठाने ।
अर्कातिर विद्यार्थीहरूका बुबाहरूलाई पनि उही प्रश्नहरू सोधियो । बुबाहरूको सपना नै परिवारसँग घुम्ने, परिवारसँग खुशीसाथ बस्नको लागि राम्रो घर बनाउने, छोराका साथीहरूलाई भेट्ने इत्यादि थिए । त्यसपछि एक वर्ष मात्र बाँच्न सक्ने अवस्था छ भने कुन छान्नुहुन्छ भन्ने प्रश्नमा बुबाहरूले आफूले चाहेअनुसार गर्ने कुरालाई भन्दा पैसालाई छाने । त्योचाहिँ केवल आफ्नो परिवारको निम्ति थियो ।
संसारका सबै बुबाहरूको मन यस्तै हुन्छ जस्तो लाग्छ । आफ्नो सन्तानको निम्ति र परिवारको खुशीको निम्ति हो भने बुबाहरू सधैँ जस्तोसुकै बलिदान गर्न पनि तत्पर हुन्छन् । बुबाहरूको सपना नै आफ्नो परिवार हो ।