परमेश्वर मेरा साक्षी हुनुहुन्छ

सिन यु दोङ / सउल, कोरिया

6,726 भ्यु

“किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु ।” फिलि १:८

सुसमाचारको कार्य गर्दा सन्तहरूलाई प्रेम गर्ने कार्यमा कत्ति पनि नहिचकिचाएका प्रेरित पावलले, आफ्ना दाजुभाइलाई प्रेम गरेको प्रमाण अर्थात् त्यसको साक्षी नै स्वयम् परमेश्वर हुनुहुन्छ भनेका छन् । योद्वारा, आफ्ना दाजुभाइलाई सारा मन र हृदयले प्रेम गरेका पावलको ईमानदारितालाई हामी हृदयदेखि महसुस गर्न सक्छौं ।

हामीले दाजुभाइ-दिदीबहिनीको निम्ति आँसु बगाउँदै जति परिश्रम गरे तापनि त्योचाहिँ कसैले जान्न सक्दैन । तर त्यसले केही फरक पर्दैन । “किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ” भन्ने वचनजस्तै हाम्रो अदृश्य परिश्रम, उत्साह र दाजुभाइ-दिदीबहिनीप्रतिको हाम्रो प्रेमको मन जान्नुहुने नै स्वयम् परमेश्वर हुनुहुन्छ । हामीले गर्ने सबै कार्यको साक्षी हुनुभएका परमेश्वरलाई धन्यवाद चढाउँदै जुनसुकै समय र परिस्थितिमा पनि अझ बल गर्दै दाजुभाइ-दिदीबहिनीलाई प्रेम गर्न प्रयत्न गरौं ।