राम्रो मौसम

10,347 भ्यु

घाम तातो भयो, बतास जोडले चल्यो अथवा वर्षा भयो भनेर के कहिलेकहीँ तपाईंलाई मूड खराब हुने या त दिक्क लाग्ने गर्छ ?

घामको किरणले मानव-शरीरमा भिटामिन डि उत्पन्न गर्छ, र यसले बोटबिरुवामा प्रकाश संश्लेषणको स्रोतको भूमिका खेल्छ । वर्षाले हावामा मिसिएको धूलोलाई पखाल्छ, र जीवित प्राणीहरूमा पानी आपूर्ति गर्छ । बतासले बिरुवालाई फैलन मद्दत गर्छ, र हावा प्रसार गर्छ । चट्याङले बिरुवालाई पौष्टिक तत्व सोस्न मद्दत गर्छ, र आँधीले पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्छ । घाम, वर्षा, बतास, चट्याङ, आँधी … यीमध्ये पृथ्वीलाई अनावश्यक पर्ने चीज कुनै पनि छैन ।

हामीले कुनै मौसमको अवस्थाप्रति गुनासो गर्न त सकौंला, तर त्यसलाई बदल्न भने सक्दैनौं । कहिलेकहीँ खराब मौसमका कारण असहज लागे तापनि खासमा प्रकृतिसँग कसरी घुलमिल हुने भन्ने कुरा सिक्न तपाईंलाई बुद्धिको आवश्यकता पर्छ ।

चाहे घाम लागोस् अथवा वर्षा होस्, मौसम जे-जस्तो भए पनि त्यसमा भएको राम्रो पक्ष खोज्नुहोस् । तब तपाईंले वर्षको ३६५ दिन नै राम्रो मौसम मात्र देख्नुहुनेछ ।

“घामको किरण स्वादिलो छ, वर्षाले ताजगी दिलाउँछ, बतास शीतल छ, हिउँले उत्साह जगाउँछ । संसारमा खराब मौसम भन्ने नै छैन, केवल विभिन्न किसिमका राम्रा मौसमहरू छन् ।” जोन रस्किन / अङ्ग्रेजी कला समीक्षक