सुनामीलाई जित्नु छ भने

6,721 भ्यु

सुनामी छाल आउँदा यदि समुद्रमा प्रवेश गरिसकेको जहाज छ भने कतातिर भाग्नुपर्छ होला ?

सामान्यतया मानिसहरूले सक्दो चाँडो बन्दरगाह भएको जमिनतिर जहाज लैजानुपर्छ भनी सोच्दछन्, तर वास्तवमा खुल्ला समुद्रतिर जानु नै सुरक्षित हुन्छ । किनभने जहाज जमिनको जति नजिक जान्छ, उति नै पानीले अझ गहिरो भाग भेट्टाउँछ, अनि छालले झन्-झन् उग्र रूप लिन्छ । तर समुद्रको गहिरो भागतिर भने छाल उग्र बन्दैन । वास्तवमा सन् २०११ मार्च महिनामा जापानको हुकुसिमामा सुनामी आउँदा, बन्दरगाहतिर भागेका जहाजहरू छालले बगाएर भाँचिएका र डुबेका थिए भने गहिरो समुद्रतिर गएका जहाजहरूचाहिँ विपत्तिबाट उम्कन सफल भएका थिए ।

गहिरो समुद्रतिर जानु नै सुरक्षित हुन्छ भन्ने यथार्थता थाहा भए पनि एक्कासि सुनामी आउँदा जहाजलाई घुमाएर समुद्रतिर लैजान त्यति सजिलो त नहोला । त्यो सङ्कटपूर्ण घडीमा समुद्रको बीचमा आभास हुने डरचाहिँ सुनामीजतिकै भयानक हुन सक्ला, तर आफ्नो अडिग सोचाइलाई तोडेर डरको सामना गऱ्यौं भने जीवनको बाटो खुल्नेछ ।