मानव-जातिलाई बचाएको आविष्कार

7,458 भ्यु

न्यू योर्क टाइम्सले भावी पुस्तालाई प्रभावित तुल्याएको ‘चिकित्सा प्रविधिको ऐतिहासिक कोसेढुङ्गा’सम्बन्धी अभिलेख छापेको थियो । १३औँ शताब्दीको मध्यदेखि आधुनिक समयसम्म करीब १,००० वर्षमा शरीर-क्रियाविज्ञान तथा चिकित्सा क्षेत्रमा सीधै चिकित्सा प्रविधि बनेर मानव-जातिलाई बचाउन ठूलो प्रभाव पारेका आविष्कारहरूलाई यसमा कालक्रमबद्ध रूपमा राखिएको थियो ।

कोसेढुङ्गोमध्ये प्रसिद्ध अमेरिकी राजनीतिज्ञ तथा रसायनविज्ञ बेन्जामिन फ्राङ्कलिनको आविष्कार पनि एक हो । फ्राङ्कलिनले मूत्रशायमा पत्थरी भएको आफ्नो भाइको निम्ति धातुका टुक्राहरू जोडेर लचिलो नली बनाए, र यसलाई मूत्रमार्गमा प्रतिस्थापन गरे । त्यो नै पहिलो मूत्रमार्गको क्याथेटर(मूत्राशयमा हालिने नली) थियो । अहिले त्यो क्याथेटर मानव शरीरको सबै नलीहरूमा प्रतिस्थापन गर्न सक्ने स्तरमा विकसित भएको छ । भाइको पीडालाई कम गराउन चाहने फ्राङ्कलिनको मनले अन्ततः धेरै बिरामीहरूलाई सहयोग पुऱ्यायो ।

डाक्टरलाई चिनाउने प्रतिनिधि उपकरण भनेको नै स्टेथस्कोप हो । विगतमा डाक्टरले बिरामीलाई जाँच्न बिरामीको शरीरमा सीधै कान राखेर मुटु वा फोक्सोको आवाज सुन्ने गर्थे । तर डाक्टरहरूले आवाज राम्ररी सुन्न सकेनन्, र गोपनीयता समस्या पनि भयो । रेने लाएनेक नाउँ गरेका डाक्टरले कसरी बिरामीहरूको मुटुको आवाज ठीकसँग सुन्दै जाँच्न सकिन्छ होला भनेर सोच्दैथिए । तब उनले बच्चाहरूले एक-अर्काको कानमा सङ्केत पठाउन लामो लट्ठी प्रयोग गरेको देखे, र उनले त्यसबाट प्रभावित भएर खोक्रो बेलनाकार काठको पहिलो स्टेथेस्कोप सिर्जना गरे ।

परमेश्वरले स्थापना गरिदिनुभएको नयाँ करार पनि मानव-जातिलाई बचाउने परमेश्वरको व्यग्र इच्छा र प्रेमको परिणाम हो । अतुलनीय प्रेमद्वारा मानव-जातिमा रुचि राख्नुभएका परमेश्वरले हामीलाई मुत्युको साङ्लोबाट छुटकारा गराउन जीवनको सत्यता जानकारी दिनुभयो । हामीले आशा गर्न वा प्राप्त गर्नसमेत आँट गर्न नसकेको स्वर्गीय राज्य र अनन्त जीवनको आशिष् हामीलाई प्रदान गर्नुभयो । अब, अरू मानिसहरूको मुक्तिबारे चासो राख्दै प्रेमको मनद्वारा नयाँ करार सुनाउने पालो हाम्रो हो ।