WATV.org is provided in English. Would you like to change to English?

ती मानिसजस्तै

7,109 भ्यु

अँध्यारो समुद्रमा यात्रा गर्ने जहाजलाई मार्गनिर्देशन गर्ने दीपगृहझैँ जीवनको यात्रामा तपाईंलाई सही बाटोमा डोऱ्याउने एक जना मार्गनिर्देशकको आवश्यकता पर्छ । यस्तो मार्गनिर्देशकलाई प्रायः ‘रोल मोडेल’ भनिन्छ । रोल मोडेल छ भने लक्ष्य अझ स्पष्ट हुन्छ, अनि तपाईं अझ प्रेरित हुनुहुनेछ ।

तर आफ्नो निम्ति कोही रोल मोडेल हुँदैमा सपना साकार हुने होइन । महत्त्वपूर्ण भनेको कार्य गर्नु हो । आफूले चाहेजस्तो व्यक्ति बन्ने सबैभन्दा निश्चित तरिका भनेको रोल मोडेलको नकल गर्नु हो । तिनको मनोवृत्ति, बोलीवचन र जीवनयापनको स्वरूप हेरेपछि तिनले जसरी बोल्न, तिनले जसरी सोच्न र तिनले जसरी व्यवहार गर्न सकिन्छ । निर्णय लिन गाह्रो हुने अवस्था आइपर्दा तपाईंले “यो अवस्थामा रोल मोडेल भएका भए तिनले कसो गर्नेथिए होलान् ?” भनेर आफैलाई सोध्न सक्नुहुन्छ । तब सजिलै उत्तर पाउनुहुनेछ ।

अमेरिकी मनोवैज्ञानिक विलियम जेम्सले “तपाईं केही कुरा चाहनुहुन्छ भने त्यो पहिल्यै पाइसकेझैँ व्यवहार गर्नुहोस्” भनेका छन् । तपाईंको रोल मोडेल को हुनुहुन्छ ? तिनीजस्तै बन्न चाहनुहुन्छ भने सानो बानीसमेत उस्तै बनाउन प्रयत्न गर्नुहोस् । ती कुराहरूलाई घरिघरि अभ्यास गर्नुभयो भने तपाईंले आफैलाई, आफूले चाहेअनुसारको मानिसमा परिवर्तन भएको पाउनुहुनेछ ।