के यहाँहरूलाई हाम्रो शरीरमा क्यान्सरलाई परास्त गर्ने विशेष लडाकाहरू हुन्छ भन्ने तथ्य थाहा छ त ? ती हुन् प्राकृतिक विनाशक कोषिका(Natural Killer Cell), जसलाई NK कोषिका भनिन्छ ।
बाहिरबाट शरीरभित्र प्रवेश गर्ने भाइरस वा कीटाणुहरूलाई प्रतिरक्षा प्रणालीले नष्ट गर्न सक्छ, तर क्यान्सर कोषिकाचाहिँ शरीरभित्रै हुर्किने शत्रु भएकोले प्रतिरक्षा प्रणाली एकलैले त्यसलाई नष्ट गर्न सक्दैन । यो अवस्थामा NK कोषिकाहरूको आवश्यकता पर्छ । NK कोषिकाहरूले संक्रमित वा ट्यूमर कोषिकाहरू पत्ता लगायो भने, ती कोषिकाहरूको नजिकै पर्फोरिन भन्ने प्रोटिन खटाउँछ, जसले संक्रमित कोषिकाहरूको झिल्लीलाई छेडेर त्यहाँबाट लगातार पानी र साल्ट प्रवाह गरी त्यसलाई नष्ट गर्न सक्छ । NK कोषिकाहरू हाम्रो प्रतिरक्षा प्रणालीको सबैभन्दा प्रबल अग्ररेखी प्रतिरक्षक हो ।
NK कोषिकाहरूलाई सक्रिय पार्ने तरिका नै हाँसो हो । हाँस्यो भने NK कोषिकाहरू सक्रिय हुन्छ, तर तनाव पऱ्यो भने एन्डोर्फिन र NK कोषिकाहरूको सक्रियता घट्न पुग्छ ।
एङ्किलुसिङ स्पोन्डाइलिटिस भन्ने गम्भीर रोगले ग्रस्त एक अमेरिकी राजनीतिक पत्रकार तथा लेखक डा. नोर्मन कउसिन, हाँस्दाखेरि पूरै निको भएका थिए । उनले आफ्नो पुस्तकमा “हाँसोले बुलेटप्रुफ ज्याकेटको काम गर्छ” भनेका छन् । भाइरस मात्र नभएर क्यान्सरजस्तो रोगबाट पनि सुरक्षा दिने त्यो बुलेटप्रुफ ज्याकेट लगाउँदा कसो होला ?