
एक जना क्याम्पस विद्यार्थीले पार्ट टाइम जागिर खोज्दैथियो, तर जागिर पाउन गाह्रो थियो ।
एक दिन, उसले एउटा कम्पनीको विज्ञापन देख्यो र सिधै त्यहाँ गएर आफूले जुनसुकै काम भए पनि परिश्रमका साथ गर्न चाहेको कुरा बतायो । उसको उत्साहबाट प्रभावित हुँदै त्यहाँका व्यवस्थापकले भने, “यदि तिमीलाई टाइपिङ गर्न आउँछ भने, अहिले नै सुरु गर्दा हुन्छ ।” त्यो विद्यार्थीले तयारी गर्नका लागि चार दिन माग्यो ।
चार दिनपछि, जब ऊ काममा गयो, त्यहाँका व्यवस्थापकले उसलाई चार दिनको अवधिमा के-के गऱ्यौ भनेर सोधे । त्यसपछि त्यो विद्यार्थी यस्तो जवाफ दियो ।
“मैले दुईवटा काम गरें । सुरुमा, मैले एउटा टाइपराइटर भाडामा लिएँ, र रातभरि जाग्राम बसेर टाइपिङ सिकें ।”
योचाहिँ संयुक्त राज्य अमेरिकाका ३१औँ राष्ट्रपति हर्बर्ट हूवर विद्यार्थी छँदाको कहानी हो ।
निरन्तर केही न केही गरिरहने व्यक्तिको शब्दकोशमा ‘हार’ भन्ने शब्द हुँदैन ।