पहिलो, आमाहरूलाई आरामको आवश्यकता हुन्छ । पुरुषहरूको तुलनामा महिलाहरूको आरामको समय दिनहुँ ४० मिनेटले कम हुने कुरा कुनै एउटा अध्ययनले देखाएको छ ।
दोस्रो, आमाहरू जीवनभर आफ्ना छोरा-छोरीहरूप्रति चिन्तित रहन्छन् । छोरा-छोरीले जतिसुकै कोसिस गरे तापनि छोरा-छोरीप्रतिको आमाको चिन्ता कहिल्यै समाप्त हुँदैन । आमाहरूले आफू संसारबाट बिदा हुने समयसम्म पनि छोरा-छोरीहरूको आर्थिक अवस्था, घर-व्यवहार इत्यादि कुराहरूलाई मनबाट हटाउन सक्दैनन् ।
तेस्रो, छोरा-छोरीहरू जैविक रूपमा आमाको अझ नजिक हुन्छन् । छोरा-छोरीहरूको शरीरमा आधा आमाको र आधा बुबाको जीन हुन्छ, तर उनीहरूमा आमाको जीनले अझ ठूलो प्रभाव पार्छ ।
चौथो, आमाहरूले सहयोग पाउने ठाउँ कम छ । विगतमा, परिवार ठूलो हुने भएकोले हजुरबुबा र हजुरआमाहरूले बच्चाहरू हुर्काउन र घर-व्यवहार चलाउन सहयोग गर्ने हुँदा ठूलो सहयोग मिल्थ्यो, तर अहिले त परिवार सानो हुने भएकोले आमाहरूको बोझ बढेको छ ।
पाँचौँ, आमाहरूलाई धेरै कष्ट सहनुपर्ने हुन्छ । बच्चा जन्माउँदाको प्रसवपीडा अत्यन्तै ठूलो हुन्छ । यो एउटा कुराले मात्र पनि आमाहरू जीवनभर गोडा मालिश सेवा पाउन योग्यका छन् । ६५ वर्षभन्दा माथिका महिलाहरू हाड-जोर्नीको रोगजस्ता विभिन्न पीडादायक रोगहरूबाट ग्रस्त हुने सम्भावना उस्तै उमेरका पुरुषहरूमा भन्दा २.५ गुणाले बढी हुन्छ ।
छोरा-छोरीहरूले आफ्नी आमाको किन सेवा गर्नुपर्छ भन्नेबारे वैज्ञानिक कारणहरू यी नै हुन् । यो कुरालाई अमेरिकाको Live Science भन्ने एउटा विज्ञान समाचार वेबसाइटमा राखिएको थियो । आमाहरू सेवा पाउन योग्य हुनुको कारण यसबाहेक अझ धेरै छन् । अन्य कारणहरू उल्लेख नगरे तापनि छोरा-छोरीहरूलाई जन्माएर प्रेम दिएको एउटा यथार्थताले मात्र पनि आमाहरूलाई सेवा पाउन योग्यको बनाउँछ, होइन र ?