नज प्रभाव (Nudge Effect)

7,662 भ्यु

भऱ्याङ र एस्केलेटर(escalator, लिफ्ट) सँगसँगै छ भने प्रायः मानिसहरू सुविधाजनक एस्केलेटर प्रयोग गर्न रुचाउँछन् । तर स्वीडेनको राजधानी सहर स्टकहोमको रेल स्टेसनमा एस्केलेटरभन्दा भऱ्याङ नै अझ लोकप्रिय छ । त्यसको कारण के होला ?

पहिला यो ठाउँमा पनि अरू रेल स्टेसनहरूमा जस्तै मानिसहरूले एस्केलेटर नै प्रयोग गर्ने भएकाले एकदमै भीड लाग्थ्यो । मानिसहरूको स्वास्थ्य सुधार्न र एस्केलेटरमा लाग्ने भीडभाड कम गराउनको निम्ति स्वीडिस सरकारले मानिसहरूलाई भऱ्याङ प्रयोग गर्न सल्लाह दिएको थियो, तर यो व्यर्थ भयो । धेरै अनुसन्धानपछि सरकारले ‘पियानो भऱ्याङ’ बनाउने निर्णय लियो । भऱ्याङमा पाइला टेक्दैपिच्छे गीतको धुन बज्ने भएकोले बच्चादेखि लिएर बूढापाकासम्म, अनि शारीरिक रूपमा अशक्त भएका मानिसहरूले समेत भऱ्याङ प्रयोग गर्न थाले । मानिसहरूलाई कुनै दबाबविना तुरुन्तै सकारात्मक रोजाइ लिनतर्फ प्रेरित गराउने यो प्रक्रियालाई ‘नज प्रभाव’ भनिन्छ । सानो प्रोत्साहनले ठूलो परिवर्तन ल्याउँछ भन्ने अर्थ हो ।

हाम्रो दैनिक जीवनमा पनि नज प्रभाव देख्न सकिने तरिका छ । त्यो नै प्रशंसा, हाँस्यास्पद कुरा, दया र विचारशीलताद्वारा अरूलाई सहज महसुस गराउनु हो । अरूलाई खुशी र आनन्दित तुल्याउने यी कारकहरूमा नज प्रभाव ल्याउने क्षमता पर्याप्त हुन्छ ।