सदन अर्केस्ट्रामा होस् अथवा पियानो वादनमा, प्रस्तुति अवधिभर मञ्चमै उपस्थित भए पनि दर्शक वृन्दमाझ आफूलाई प्रकट नगर्ने एक जना व्यक्ति हुन्छन्, जसलाई “पाना पल्टाइदिने व्यक्ति(page-turner)” भनिन्छ । शाब्दिक अर्थजस्तै, पियानोवादक एकलैले पाना पल्टाउन नसक्ने हुँदा सङ्गीतका पानाहरू पल्टाइदिनेलाई नै पाना पल्टाइदिने व्यक्ति भनिन्छ । हेर्दाखेरि सामान्य कामजस्तो देखिए तापनि जोसुकैले पाना पल्टाइदिने व्यक्तिको भूमिका निर्वाह गर्न सक्दैन । किनभने पाना पल्टाइदिने व्यक्तिलाई पियानोवादकको सङ्केत थाहा हुनुपर्छ । यसको साथै ठीक-ठीक समयमा तुरुन्त पाना पल्टाइदिनको निम्ति सङ्गीतको धुनलाई सँगसँगै पछ्याउन पनि जान्नुपर्छ ।
‘मञ्चका गुप्त वादक’ भनेर परिचित पाना पल्टाइदिने व्यक्तिले कार्यक्रम राम्ररी सञ्चालन हुनमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्, तर तिनले आफूलाई प्रकट गर्नुचाहिँ हुँदैन । त्यसैले तिनी पियानोवादकको पछाडि लुकेर बसेका हुन्छन्, र पियानोवादकलाई आवश्यक परेको बेलामा उठेर कसैले नदेख्ने गरी पाना पल्टाइदिने गर्छन् । कार्यक्रम समाप्त भएपछि पियानोवादकले दर्शकहरूलाई अभिवादन गर्दा पाना पल्टाइदिने व्यक्ति अरूले नदेख्ने गरी उठेर पियानोको पछाडि लुक्छन् ।
पाना पल्टाइदिने व्यक्तिले पियानोवादक लगायत दर्शकहरूलाई सङ्गीतमा ध्यान केन्द्रित गराउन अप्रत्यक्ष रूपमा मद्दत गर्छन् । योचाहिँ सुसमाचारको मञ्चमा हामीले खेल्नुपर्ने भूमिकाजस्तै हो । आत्माहरूलाई मुक्ति दिनको निम्ति विनाविश्राम कार्य गर्नुहुने परमेश्वरलाई सहयोग गरेर मानिसहरूले सत्यतामा ध्यान केन्द्रित गर्दै प्रेरणा प्राप्त गर्न सक्ने गराउनु नै हामीहरूको मिसन हो ।
परमेश्वरसँग पाइला चाल्दै सुसमाचारको मञ्चलाई चम्काउने सत्यताका विशेषज्ञहरू भएकाले सारा संसारभरि परमेश्वरको महिमा प्रकट भइरहेको छ ।