सहकार्यको शक्ति

8,359 भ्यु

हिग्स बोसोन भनेको ब्रह्माण्डलाई रचना गर्ने एक तात्त्विक कण हो, यसले आधुनिक भौतिक विज्ञानमार्फत ब्रह्माण्डबारे वर्णन गर्न एक महत्त्वपूर्ण भूमिका खेल्छ । यद्यपि भौतिकशास्त्रीहरू हिग्स बोसोनको अस्तित्वबारे पहिल्यै अवगत भइसकेका भए तापनि करीब ५० वर्षसम्म यसको अस्तित्वलाई प्रमाणित गर्न तिनीहरू असफल भए । हिग्स बोसोनको अस्तित्व प्रमाणित भएको ठाउँ नै CERN(युरोपेली आणविक अनुसन्धान सङ्गठन) थियो ।

विश्वभरिका १०,००० भौतिकशास्त्रीहरूसँगको सहकार्यमा CERNले २५ वर्षमा २७ कि.मि. लामो शक्तिशाली कण त्वरक LHC(Large Hadrom Collider) सफलतापूर्वक विकास गरी निर्माण गऱ्यो । हजारौँ भौतिकशास्त्रीहरूको वर्षौँको कडा परिश्रमपछि अन्ततः सन् २०१२मा हिग्स बोसोनको अस्तित्व प्रमाणित भयो ।

यस्तो सहकार्यको प्रणाली CERNको सफलताको मुख्य कारकको रूपमा देखियो । CERNका पूर्व उपनिर्देशक सेर्जियो बेर्तोलुचीले सयौँ देशहरूबाटका वैज्ञानिकहरू, आफ्नो जन्मथलो, भाषा, संस्कृति, जीवनशैली र सोच्ने तरिकामा भिन्न भए तापनि तिनीहरूले उल्लेखनीय उपलब्धि हासिल गर्न सक्नुको कारण नै विज्ञानमार्फत सबै मानव-जातिलाई फाइदा दिने एउटा स्पष्ट उद्देश्य लिएकाले गर्दा थियो भनेर वर्णन गरेका थिए । CERNले WWW(वर्ल्ड वाइड वेब) विकास गरी इन्टरनेटको जगतमै नेतृत्व लियो, साथै थुप्रै नोबेल पुरस्कार विजेताहरू पनि उत्पादन गऱ्यो ।

हामीहरूचाहिँ सारा संसारलाई बचाउने मिसन सुम्पिएका सुसमाचारका कामदारहरू हौं । हामीहरूको पृष्ठभूमि वा जीवनशैली फरक भए पनि यसले केही फरक पार्दैन । सारा मानव-जातिलाई बचाउने स्पष्ट लक्ष्य हासिल गर्ने आशा लिएर एकै चित्तका भई हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई भरोसा गऱ्यौं भने, हामीले सुसमाचारको आश्चर्यजनक सहकारिता सृजना गर्न सक्छौं ।

“तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर । … तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान । तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर ।” फिलि २:२-४