WATV.org is provided in English. Would you like to change to English?

प्रेमद्वारा एक गिलास पानी दिने

10,414 भ्यु

पानीको प्रभाव स्वास्थ्यमा यति धेरै हुन्छ, कि मानिसहरू “यदि तिमीले पर्याप्त पानी पियौ भने स्वस्थ र दीर्घायु हुनेछौ” समेत भन्ने गर्छन् ।

पानीले शरीरबाट विषाक्त पदार्थ निकाल्ने, रक्त सञ्चारमा सहयोग गर्ने र चयापचय(metabolism, मेटाबलिजम, जीवन कायम राख्नको निम्ति जीवित प्राणीभित्र हुने रासायनिक प्रक्रिया) पनि बढाउने गर्छ । त्यसमाथि पानीले रोग प्रतिरोधक क्षमता बढाउने र छालाको अवस्था सुधार्ने जस्ता विभिन्न भूमिकाहरू निर्वाह गर्दछ ।

अमेरिकाको क्यान्सर अनुसन्धान संस्थाका अनुसार प्रत्येक दिन चार गिलासभन्दा बढी पानी पिउने मानिसलाई दुई गिलासभन्दा कम पानी पिउनेलाई भन्दा कोलोरेक्टल क्यान्सर(colorectal cancer) र सिस्टाइसस्(cystitis, पिसाब पोल्ने रोग) लाग्ने सम्भावना ५०% वा सोभन्दा कम हुन्छ ।

यदि पर्याप्त मात्रामा पानी पिएन भने कोषिकाहरूमा फोहोर सञ्चय हुन्छ, अनि शरीर चाँडै थाक्ने गर्छ ।

यो महिनामा सहृदयले आफ्नो परिवारलाई एक गिलास पानी दिऔं । परिवारको सुस्वास्थ्यका लागि प्रेमले भरिएको पानी उपयुक्त हुन्छ ।

सुझाव
बिहान एक गिलास पानी दिने
परिवारका सदस्यले औषधी खान लाग्दा गिलासमा पानी भरेर दिने
पानीको तापक्रम धेरै तातो वा चिसो नहुने गरी ध्यान दिने
पानीको सट्टामा क्याफेइनयुक्त कफि वा हर्बल चिया पिउन सकिँदैन ।
पानीमा कागती वा जडीबुटी हाल्ने
बाहिर जान लागेको वा काममा जान लागेको घरको सदस्यलाई पानीको बोतल दिने
मुस्काउँदै कोमल बोलीद्वारा त्यो दिने