भाषा चयन गर्नुहोस् ।

Close

“बर्कनहेडलाई सम्झ !”

3,502 भ्यु

सन् १९१२मा ‘तैरिरहेको दरबार’ भनेर चिनिने शानदार टाइटानिक जहाज समुद्रमा डुब्न लाग्दा कप्तानले सबैभन्दा पहिला महिला र बच्चाहरूलाई उद्धार डुङ्गामा जान आदेश दिएका थिए, जुन पर्याप्त संख्यामा थिएन । अहिलेको ‘महिला र बच्चाहरूलाई प्राथमिकता’ भन्ने आम कानूनको उत्पत्ति बर्कनहेड नामको बेलायती नौसेना फौजबाट भएको मानिन्छ ।

सन् १८५२मा ४७२ जना सेनाहरू, आ-आफ्ना परिवारका १६२ जना सदस्यहरूसहित जहाज चढेर अफ्रिकी तट हुँदै यात्रा गरिरहेका थिए । दुर्भाग्यवश जहाज गुड होप केप भन्ने ठाउँनेरको चट्टानमा ठोक्किन पुग्यो । त्यहाँ प्रत्येकमा ६० जनाको क्षमता भएको ३ वटा मात्र उद्धार डुङ्गाहरू थियो । जहाज डुब्न लागेकोले कमान्डर सिड्नी सेटनले सबै सेनाहरूलाई जहाजको छतमा भेला हुन आदेश दिएर यसो भने :

“हामी यहीँ बसेमा हाम्रा परिवारहरू बाँच्न सक्छन्, तर बाँच्नको लागि उद्धार डुङ्गामा चढ्न तँछाडमछाड गऱ्यौं भने सबै जनाले ज्यान गुमाउने अवस्था हुन्छ । हामी अन्त्यसम्मै यहीँ रहनेछौं !”

तिनको आदेशमा सेनाहरूले कुनै गनगनविना सबै बच्चा र स्त्रीहरूलाई उद्धार डुङ्गामा जान सहायता गरे । डुङ्गामा केही मानिसहरू अझ अट्ने ठाउँ भए तापनि आदेशबमोजिम सबै सेनाहरू कमान्डरसहित जहाजमा चूपचाप उभिरहे, अनि उनीहरू सबै जहाजसँगै समुद्रमा डुबे । उक्त घटनापछि बर्कनहेडका सेनाहरूको उदात्त बलिदानको कदरस्वरूप बेलायतभरि स्मारकहरू निर्माण गरिएको थियो । भनिन्छ, जहाज यात्रामा कुनै विपद् आइलाग्यो भने यात्रीहरू एक-आपसमा “बर्कनहेडलाई सम्झ !” भन्न थाल्छन् ।