एउटा कोरियाली टि.भी. कार्यक्रमका संवाददाताले १०७ वर्षीय वृद्धलाई “हजुरबा, तपाईंको दीर्घायु जीवनको रहस्य के हो ?” भनेर सोधे । तब ती वृद्धले “हजुरबा रे ? मलाई साथी भन्नुभए हुन्छ नि” भने । संवाददाताले “ओहो मेरो साथी, तपाईंको दीर्घायु जीवनको रहस्य के हो ?” भनेर फेरि सोधे । ती वृद्धले “रहस्य त खासै छैन, म नमरेकोले लामो समय बाँचेको हुँ” भनेर जवाफ के दिएका थिए, त्यहाँ हाँसो प्रस्फुटन भयो ।
संवाददाताले उनलाई फेरि सोधे, “मेरो साथी, लामो जीवन जिउने क्रममा तपाईंलाई मन नपर्ने मानिसहरू पनि धेरै थिए होलान् नि । उनीहरूलाई कसरी झेल्नुभयो ?” ती वृद्धले यसरी जवाफ दिए, “हजुर मलाई मन नपर्ने केही मानिसहरू त थिए । तर मैले उनीहरूलाई आफूखुशी गर्न छोडिदिएँ । उनीहरू सबै ८० वा ९० लागेपछि मरेर गए । हामीहरू आफूलाई कोही मन पर्दैन भने पनि खुशीसाथ जियो भने हुन्छ । कहिल्यै रिसाउनुहुँदैन ! रिस उठ्यो भने त्यसलाई हाँसेर टारिदिनुपर्छ । हा हा हा, यी यसरी !”
धैर्य गर्ने क्रममा सकारात्मक र आशापूर्ण तरिकाले सोच्नुचाहिँ पौष्टिक तत्वहरू वा स्वस्थ भोजन लिनुभन्दा अझ स्वास्थ्यवर्धक हुन सक्छ । रिस उठिहाल्यो भने पनि ती वृद्धले बताएजस्तै हाँसेर टारिदिँदा हुन्छ । भन्न सजिलो हुन्छ, गर्न गाह्रो हुन्छ, तर तपाईंले यसलाई शरीरको निम्ति लाभदायक हुने अदृश्य औषधी सोच्नुभयो भने त्यसो गर्न मन लाग्नेछ नि ?