रोकिएको टेनिस खेल

सन् २०१६ सेप्टेम्बरमा स्पेनको मल्लोर्कामा टेनिस खेल भइरहेको बेला खेल अचानक रोकियो । टेनिसका चर्चित खेलाडि रफाएल नाडालले खेल सुरु गर्नै लाग्दा खेल मैदानमा आफ्नो बच्चा खोजीरहेकी एक जना महिलाको सोर सुनेर रोकिए । रुन्चे स्वरमा आफ्नो बच्चाको नाम पुकारिरहेकी ती महिलातर्फ जब नडालको ध्यान मोडियो, तब ७,००० भन्दा बढी दर्शकहरूले पनि स्थिति बुझे र “क्लारा” भन्दै त्यो बच्चाको नाउँ पुकार्न थाले । फलस्वरूप त्यो बच्चा तुरुन्तै भेटियो ।
अपरिचित मानिसहरूको बीचमा अलमल्ल परिरहेको त्यो बच्चा आमालाई देख्नेबित्तिकै दुई हात खोलेर रुन थाल्यो । आमा पनि भावुक हुँदै रोइन् । आमा र बच्चाको रोचक पुनर्मिलन देखेर दर्शकले ताली बजाएर खुसी मनाए ।
यो मनछुने दृश्य मिडियामार्फत संसारभरि फैलिएपछि नाडाल विश्वको उत्कृष्ट खेलाडी मात्र नभई एक दयालु मानिसको रूपमा समेत परिचित भए ।