प्रशंसाले ल्याएको सफलता

शताब्दीकै उत्कृष्ट उद्योगपति भनेर चिनिने GE(जनरल इलेक्ट्रिक)का पूर्व कार्यकारी प्रमुख ज्याक वेल्च, सानो छँदा निकै भकभकाउँथे । उनी यतिसम्म भकभकाउँथे कि एक पटक उनले टुना स्यान्डविच मगाउँदा वेटरले उनलाई दुइवटा स्यान्डविच ल्याइदिएका थिए । किनकि उनले भकभकाउँदै “टु…टुना” भनेका थिए, जसलाई वेटरले दुइवटा(two) टुना स्यान्डविच भनेर बुझेका थिए ।
यस्तो अवस्थामा निराश भएका ज्याक वेल्चलाई उनकी आमाले “किन यति धेरै भकभकाएको ? तिमी किन शुद्ध बोल्न सक्दैनौं ?” भनेर कहिल्यै हप्काइनन् । बरु उल्टै छोराको प्रशंसा गर्दै सधैँ प्रोत्साहन गरिन् ।
“तिमी भकभकाउनुको कारण, तिम्रो सोचको गति धेरै छिटो भएकोले तिम्रो मुखले त्यसलाई भ्याउनै सकिरहेको छैन । त्यसैले यो कुरामा तिमीले चिन्ता नगर । तिमी ठूलो भएपछि अवश्य एक महान् व्यक्ति बन्नेछौ ।”
आमाको बुद्धिमान् प्रशंसाद्वारा आत्मविश्वास पाएका ज्याक विल्चले प्रत्येक कुरामा कडा परिश्रम गरे र परिणामस्वरूप उनी एक सफल उद्योगपति बन्न सके ।