​सुगन्ध छर्ने व्यक्ति​

5,479 भ्यु

बाटोमा हिँड्दाखेरि पाउरोटी बनाउँदैगरेको मीठो बास्नाले यहाँहरू सबैलाई कुनै न कुनै बेला आकर्षित गरेको क्षण पक्कै छ होला । पाउरोटीको यस्तो बास्नाले मानिसहरूमा भोक जगाउने काम मात्र गर्दैन, तर मानिसलाई नम्र पनि बनाइदिन्छ भन्ने गरिन्छ ।

फ्रान्सको साउदर्न ब्रिटानी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ८ जना मानिसहरू खटाएर पाउरोटीको बास्नाको प्रभावबारे परीक्षण गर्न बेकरी पसल र कपडा पसलको अगाडि उनीहरूको आ-आफ्नो सामान खसाल्न लगाए । ४०० पटकसम्म गरिएको अनुसन्धानको परिणामस्वरूप, कपडा पसलको अगाडि झरेको सामान उठाएर सम्बन्धित व्यक्तिलाई दिने मानिसहरू ५२% मात्र थिए भने, पाउरोटी बेकरीको अगाडि झरेको सामान उठाएर सम्बन्धित व्यक्तिलाई दिने मानिसहरूचाहिँ ७७% थिए । विगतमा पनि यस्तै परीक्षण गरिँदा, कागती, सुन्तला अथवा कफी इत्यादिको बास्नाले पनि मानिसहरूमा अनुकूल प्रभाव पारेको कुरा पत्ता लागेको थियो ।

कुनै एक जना भारतीय शिक्षकले “फूलको बास्नाचाहिँ बतासको दिशातर्फ मात्र बहन्छ, तर मानिसको असल गुणचाहिँ चारै दिशातिर बहन्छ” भनेका थिए । हुन त यो बास्नाझैँ प्रवाह हुने भौतिक सुगन्ध त होइन, तर तपाईंको वरिपरिका मानिसहरूमा सकारात्मक प्रभाव पार्ने असल गुणचाहिँ मीठो बास्नाजत्तिकै हुन्छ । सायद, क्षणिक रूपमा रहने शारीरिक बास्नाले भन्दा पनि यसले मानिसको मनमा गहिरो प्रभाव पार्न सक्छ होला ।