यसले तपाईंको हृदयमा हलचल मच्चाइदिन्छ ।
यसले तपाईंलाई जे गर्न पनि तम्तयार गराइदिन्छ ।
यो छ भने गुनासो नै आउँदैन ।
यो पाउनलाई अर्को कुनै कुरा गुमाउनुपर्छ ।
तपाईंले यसलाई आफ्नो हृदयमा मात्र सीमित हुन दिनुहुँदैन ।
योचाहिँ तपाईंले आफ्नो सीमाभित्र उत्कृष्ट गर्दैमा पाइहाल्ने कुरा होइन । तपाईंले आफ्नो सीमालाई तोड्नुभएमा यो पाउन सक्नुहुनेछ ।
यो नभएको मानिसचाहिँ संसारको सबैभन्दा दयनीय मानिस हो ।
योचाहिँ जोसुकैले लिन सके पनि, दुःखको कुराचाहिँ यसलाई आफ्नो नबनाईकनै संसार छोडेर जाने मानिसहरू अझ धेरै छन् ।
यसलाई त्यत्तिकै लिएर मात्र राख्यो भने यो जस्ताको तस्तै रहन्छ, तर कार्यान्वयन गरेको क्षणदेखि यो वास्तविकता बन्दछ ।
यसलाई बाधा पुऱ्याउने कुराचाहिँ परिस्थिति वा कठिनाइ होइन तर ‘स्थिरता’ हो । त्यो के होला ?
त्यो नै ‘सपना’ हो ।
यदि सपना बोकेको भए पनि यसले तपाईंको हृदयमा कुनै हलचल मच्चाउँदैन, र तपाईं त्यसको निम्ति तयार हुनुहुन्न भने त्यसबारे पुनः सोचिहेर्नुपर्छ ।
सपना पूरा गर्न अरू कुरालाई गुमाउन सक्नुहुन्न भने त्योचाहिँ तपाईंले चाहनुभएको साँचो सपना नहुन पनि सक्छ ।
हृदयमा ‘मबाट हुँदैन’ भन्ने सोर गुञ्जिँदैपिच्छे ‘किन मबाट हुँदैन ?’ भनेर उल्टै सोधिहेर्नुहोस् ।
किनकि सपना साकार गरेकाहरू पनि तपाईंजस्तै मानिसहरू हुन् ।
सबै कुरा गुमाए तापनि अन्त्यसम्मै बचाइराख्नुपर्ने कुरा नै सपना हो ।