ट्राफिक लाइट, चिन्ह, अनि धेरै गाडीहरू आवात-जावत गर्ने बाटो र पैदल हिँड्ने बाटोलाई छुट्ट्याउने ब्लकहरू हटायो भने के हुन्छ होला ? तर नेदरल्याण्डस्थित ड्राच्टेनको सानो सहरको केन्द्र, ‘लावेप्लेइन’मा एउटा त्यस्तै साझा चौराह छ । सुरुमा त, गाडी र मानिसहरू एकै ठाउँमा परेर जुन बेला पनि दुर्घटना हुन सक्छ भनेर मानिसहरू डराएका थिए, तर परिणामचाहिँ मानिसहरूको सोचाइभन्दा बिल्कुलै फरक थियो ।
ट्राफिक सिगनल नियन्त्रण प्रणाली हटाइएकोले चालकहरूले पैदल यात्रीहरूप्रति ध्यान दिनको साथै पैदल यात्रीहरूले चाहिँ एक-अर्कालाई मैत्रीपूर्ण सङ्केत दिँदै गाडीहरूप्रति अझ ध्यान दिए । चालकहरूले अझ जिम्मेवारीको भाव लिए, अनि कुनै पनि सङ्केतलाई बेवास्ता गर्ने वा सङ्केत परिवर्तन नहुँदासम्म गति बढाउने गरेनन् । त्यसको परिणामस्वरूप दुर्घटना दर घट्यो, र ट्रफिक प्रणाली पनि सहज रूपमा सञ्चालन हुन सक्यो । आश्चर्यजनक रूपमा असल परिणाम देखिएकोले धेरै सहरहरूले यो प्रणाली अपनाइरहेका छन् ।
प्रोजेक्टमा सहभागी भएका बेन हामिल्टन बेइली नाम गरेका एक सहरी डिजाइनरले “मानिस खुल्ला राखिएको ट्राफिक लाइटको इशारामा चल्ने रोबट होइन, तर शरीर र मनले चल्ने बुद्धिमान् अस्तित्व हो भन्ने कुरालाई बिर्सिनुहुँदैन” भनेका थिए ।
नियम र कानूनहरूमा मात्र भर पर्नुभन्दा बलिदान गर्दै अरूप्रति विचारशील भयौं भने यो संसारमा उत्तम क्रम र असल सञ्चार छाउनेछ ।