सन् १९७९मा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कुनै समाचार पत्रले ७०-८० वर्षका ८ जना बुज्रुगहरूलाई एक हप्ता निःशुल्क यात्रामा पठाउने कुराको विज्ञापन छाप्यो । बुज्रुगहरू छनोट गरिए र उनीहरूलाई दुर्गम गाउँको भ्रमण गराइयो । त्यहाँ उनीहरूले २ वटा शर्तहरू पालन गर्नुपर्ने थियो । एउटाचाहिँ २० वर्षअघिको समयमा भएझैँ गरेर बोलीचाली र व्यवहार गर्नुपर्ने अनि अर्कोचाहिँ घरायसी कामकाज सबै आफैले गर्नुपर्ने थियो ।
सन् १९५९मा बनेका सामग्रीहरूद्वारा सिङ्गारिएको भवनमा सहभागी बुज्रुगहरूले चलचित्र हेरे र त्यो समयका पत्रिकाहरू पढे अनि हालसालको समाचारझैँ गरेर ऐतिहासिक घटनाहरूबारे कुराकानी गरे । बुढेसकाल र शारीरिक अशक्तताको बाबजुद उनीहरूले एक-अर्कालाई कठिन काममा मद्दत गर्दै घर सरसफाइ गरे, कपडा धोए र भाँडाकुँडा माझे ।
एक हप्तापछि, उक्त कार्यक्रमका आयोजकले त्यो यात्राचाहिँ ‘समयलाई पछाडि सार्ने’ एउटा परीक्षण थियो भन्ने कुराको खुलासा गरे । परीक्षणको नतिजाले सबैलाई चकित पाऱ्यो । विगतमा अरूबाट पाएको सहयोगको आडमा जिएका ती ८ जना बुज्रुगहरू ५० वर्षको उमेरको मानिसजत्तिकै जवान देखिए । उनीहरूमा श्रवणशक्ति, स्मरणशक्ति, पक्कड शक्ति लगायत अन्य शारीरिक सुधारहरू पनि देखियो ।
“यदि हामीले हाम्रो मन र शरीरलाई एउटै ठान्यौं भने मनलाई जता ढल्कायो शरीर पनि मनलाई पछ्याउँदै त्यतै ढल्किनेछ ।”
यो परीक्षण पत्ता लगाएका डा. एलेन लेङ्गरको भनाइअनुसार, सबै कुरा आफ्नो मनमा निर्भर हुन्छ ।