“तपाईंले आफ्नो साथीलाई उसको सर्ट एकदमै राम्रो छ भन्नुभएको थियो, उसले प्रायः त्यो सर्ट मात्र लगाएर हिँड्छ ।”
“पियानो प्रस्तुति हुँदा, मलाई मञ्चमा एकदमै डर लागिरहेको थियो । मैले दर्शकहरूको बीचबाट एकलै हात हल्लाउँदै मुस्कुराइरहनुभएका मेरा बुबालाई देखें, तब मेरो मनबाट सबै डर हराएर गयो ।”
“पसीनाले गर्दा बुबाको शरीरबाट नराम्रो गन्ध आए पनि आमाले बुबालाई हेर्नुहुँदै, “तपाईं रोबर्ट रेडफर्डभन्दा पनि ह्यान्डसम हुनुहुन्छ” भनेर भन्नु नै प्रेम हो।”
“आफूले दिनभरि एकलै छोडेको भए पनि घरमा पालेको कुकुरले आएर तपाईंको अनुहार चाट्छ भने त्यो नै प्रेम हो ।”
“बाथ रोग लागेकोले मेरी हजुरआमा निहुरेर खुट्टाका औँलाहरूमा नङपालिस लगाउन सक्नुहुन्न । तब मेरा हजुरबुबाले सधैँ हजुरआमाको खुट्टामा नङपालिस लगाइदिनुहुन्छ, जो आफू पनि बाथको रोगी हुनुहुन्छ ।”
“कसैलाई मन पराएको छ भने परेला झिमझिम गर्दै स-साना ताराहरू निस्कन्छ ।”
“आमाले बुबाको लागि कफी बनाइदिनुहुँदा, उहाँलाई दिनुअघि स्वाद ठीक छ कि छैन भनेर एक सुरुप तानेर चाख्नुहुन्छ, त्यो नै प्रेम हो ।”
यीचाहिँ ४-८ वर्षका बालबालिकाहरूले “प्रेम भनेको के हो ?” भन्ने प्रश्नमा दिएका जवाफहरू हुन् । प्रेमचाहिँ काल्पनिक कुरा होइन, देखावटी कुरा पनि होइन र गर्न गाह्रो कुरा पनि होइन । हामीले बच्चाहरूको जस्तो स्वच्छ आँखाले हेऱ्यौं भने प्रेम सधैँ हाम्रो नजिकै रहेको पाउनेछौं ।