तापमान जान्न सकिने तरिका दुई किसिमका छन् । एउटा थर्मोमीटरद्वारा मापन गरिने वास्तविक तापमान हो भने अर्कोचाहिँ मानिसको शरीरले आभास गर्ने चिसो तापमान हो ।

चिसो तापमानचाहिँ तेज हावा, आर्दता र सौऱ्य ताप लगायत हावाको तापक्रम इत्यादि विभिन्न कारणले उत्पन्न हुन्छ । शारीरिक भिन्नताको आधारमा कुनै पनि व्यक्तिको शरीरले तातो वा चिसो अनुभूत गर्छ । जाडो मौसमप्रति संवेदनशील हुने मानिसहरू न्यानो मौसमको बाबजुद चिसोले थर-थर काँप्न सक्छन् र गर्मी मौसमप्रति संवेदनशील हुने मनिसहरूचाहिँ जाडो मौसममा अरूले जत्तिकै चिसो महसुस नगर्न पनि सक्छन् ।
साथै मनले महसुस गर्ने तापमान पनि छ । उस्तै अवस्था भए पनि प्रत्येक मानिसको महसुस फरक हुन सक्छ । कसैको लागि एकदमै न्यानो लाग्ने वसन्त केही मानिसहरूका लागि चिसो हिउँद हुन सक्छ । अनि कसैलाई चिसो लाग्ने बतासचाहिँ केही मानिसहरूका लागि तूफानसरह हुन सक्छ । यसकारण फलानोको अवस्था ठीकै छ भन्ठान्दै हामीले जथाभावी बोल्ने गर्नुहुँदैन । न्यानो र पारिलो वसन्तका यी दिनहरूमा, आफ्नो हृदयमा नयाँ ऋतुलाई स्वागत गर्न नसकेर पछि परेका ती मानिसहरूलाई माताको प्रेमद्वारा न्यानो गरी अँगालौं ।