प्वाँखहरू एकदमै हलुका हुन्छ, तर त्यसमा उत्तम ताप स्थिरता हुन्छ । यसकारण जाडो याममा फेदरबाट बनेका ज्याकेटहरू मानिसहरूमाझ लोकप्रिय बन्ने गर्छ । तर वुडपिकर चराले चाहिँ शरीर ढाक्ने प्वाँखहरू आफैले उखेलेर त्यसलाई न्यानो पार्ने गर्छ । कारण एक वाक्यमा भन्ने हो भने, आफ्नो बचेराको निम्ति !
वुडपिकरले ओथारो बस्दाखेरि अण्डामाथि पर्ने आफ्नो पेटवरिपरिका प्वाँखहरूलाई जानी-जानी उखेल्ने गर्छ । नाङ्गो भागमा रगत जम्मा हुनुको साथै त्यहाँको ताप उच्च हुन्छ । ओथारो बस्दाखेरि रगत जम्मा भएको नाङ्गो भागबाट अण्डामा अझ ताप प्रवाह गर्न सकिन्छ । यसरी वुडपिकरले अण्डामा न्यानोपन प्रवाह गर्नको निम्ति शरीरमा बनाउने प्वाँखरहित नाङ्गो भागलाई नै ‘ब्रुड प्याच’ भनिन्छ । प्रायः सबै चराहरूमा मुनिपट्टि ब्रुड प्याच स्वतः बनिरहेको हुन्छ, तर वुडपिकरले चाहिँ आफ्नो शरीरबाट आफैले प्वाँख उखेल्ने गर्छ । अझ यो चराको चुच्चो, रूखहरूमा प्वाल पार्न सक्नेसम्मको बलियो हुन्छ ।
नजन्मिएका बचेराहरूको निम्ति वुडपिकरले आफ्नो बलियो र तिखो चुच्चोले शरीरबाट प्वाँख उखेल्नेसम्मको पीडादायक प्रक्रिया पार गर्छ । त्यो ब्रुड प्याच नै बलिदानको चिन्ह हो ।