अरूको मुहारमा मुस्कान ल्याउने बोली, “धन्यवाद ।” सुन्दा मात्र पनि शक्ति मिल्ने बोली, “केही सहयोग गरिदिऊँ कि ?”
काँधमा पखेटा हालिदिने बोली, “साँच्चै राम्ररी गर्नुभयो ।” एक दिनलाई ऊर्जाशील बनाउने बोली, “शुभ प्रभात ।”
अनुराग र वास्ता समाविष्ट बोली, “खाना खानुभयो ?” शक्ति र साहस दिलाउने बोली, “अहिले पनि राम्ररी गर्दैहुनुहुन्छ ।”
मनलाई एक गराउने बोली, “धन्न तपाईं(तिमी) भएर ।” आरामपूर्वक सुत्न सक्ने गराउने बोली, “शुभ रात्री ।”
दुःख कम गराउने बोली, “तपाईंको गल्ती होइन ।” बगेको पसीनालाई व्यर्थमा जान नदिने बोली, “धेरै परिश्रम गर्नुभयो ।”
रिसलाई शान्त पारिदिने बोली, “माफ गर्नुहोस् ।” दूध खाएको बलसमेत निकाल्ने बोली, “मलाई तपाईं(तिमी)प्रति विश्वास छ ।”
मनको भारी बिसाइदिने बोली, “चिन्ता नगर्नुहोस् । राम्रो हुनेछ ।” आत्मगौरव बढाइदिने बोली, “तपाईं(तिमी) सबैभन्दा उत्कृष्ट हुनुहुन्छ(छौ) ।”
एकलो नभएको भाव दिलाउने बोली, “म तपाईंको निम्ति प्रार्थना गरिदिनेछु ।” अमूल्य व्यक्ति हो भन्ने कुरा अवगत गराउने बोली, “तपाईं(तिमी) भएकोले म खुशी छु ।”
अस्तित्वको मूल्य जानकारी गराउने बोली, “तपाईंको(तिम्रो) विचारमा कस्तो छ ?” अत्यधिक प्रभावकारी बोली, “ठीकै छ, यस्तो भइहाल्छ नि ।”
अरूलाई उज्यालो गराउने बोली, “मलाई तपाईं(तिमी)प्रति गर्व लाग्छ ।” जतिखेर बोल्दा पनि, सुन्दा पनि मीठो लाग्ने बोली, “माया गर्छु ।”