गलत र फरक

7,479 भ्यु

‘8’

यो के हो ? ट्राफिक अधिकारीहरूका लागि यो ड्राइभिङ कोर्स हो । उपकरणसँग कार्य गर्ने मानिसहरूका लागि यो एउटा कोड हो । अनि गणितज्ञहरूका लागि यो एउटा सङ्ख्या वा असीमितताको (infinity) प्रतीक हो । सबैको दृष्टिकोण सही छ । यहाँ कोही पनि गलत छैन । उत्तरचाहिँ दृष्टिकोणका आधारमा फरक हुन सक्छ ।

संसारमा ७ अरब मानिसहरू छन्, तर तिनीहरू कोही पनि उस्तै देखिँदैनन् । यहाँसम्म कि, जुम्ल्याहा बच्चाहरू पनि थोरै फरक हुन्छन् । योचाहिँ रूपको कुरा मात्र होइन । उस्तै देखिने भए पनि, प्रत्येक व्यक्तिको विचार, बोली र व्यवहार भिन्ना-भिन्नै हुन्छ । कुनै कुरा फरक हुँदैमा त्यो गलत हुनेचाहिँ होइन । मानिसहरू तपाईंसँग असहमत हुन सक्छन् । तिनीहरूको बोली रूखो र व्यवहारले रिस उठाउन सक्छ तर तिनीहरू गलत होइनन्, फरक हुन् भन्ने कुरा सोच्नुभयो भने उक्त व्यक्तिलाई घृणा गर्नुहुनेछैन ।

वास्तवमा यो कुरा गहिरिएर सोच्ने हो भने के परमेश्वरको अनुग्रह आश्चर्यजनक छैन र ? परमेश्वरले फरक-फरक मानिसहरूलाई सृष्टि गर्नुभएर मेलमिलापमा रहने गराउनुभयो ।