७३औँ विदेशी सन्त भ्रमण टोली

यरूशलेममा आएर एलोहिम परमेश्वरलाई स्तुति गर

दक्षिण कोरिया

December 31, 2018 7,346 भ्यु

ख्रीष्ट आन साङ होङज्यूको जन्मको १०१औँ वार्षिकोत्सवको उपलक्ष्यमा एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका र यूरोप गरेर ५ महादेशका १० देशमा भएका ६२ वटा मण्डलीहरूबाट विशेष प्रतिनिधि टोली नयाँ यरूशलेम माताकहाँ आए । उनीहरू नै एलोहिम परमेश्वरलाई स्तुति गर्नका निम्ति आएका ७३औँ विदेशी सन्त भ्रमण टोली हुन् ।

सन् २०१८ डिसेम्बर ३१मा कोरिया छिरेका भ्रमण टोलीमा परम्परागत र आधुनिक दुवै गीतहरू गाउनेदेखि लिएर वाद्यवादन, नृत्य जस्ता विभिन्न क्षेत्रमा पेशेवर र प्रतिभाशाली १२५ जना सन्तहरू थिए । व्यस्त कार्यतालिकाको बाबजुद माताले हिउँदको ठन्डीमा टाढाका देशहरूबाट आएका सन्तानहरूलाई न्यानो गरी स्वागत गर्नुभयो । अति नै तिर्सना गर्नुभएका सन्तानहरूलाई माताले अँगाल्नुहुँदै विभिन्न भाषाहरूमा “माया गर्छु” भन्नुभयो, र विदेशी सन्तानहरू कोरियामा रहने अवधिभर कसैलाई कुनै असुविधाविना परमेश्वरको महिमा प्रदर्शन गरेर पवित्र आत्माको प्रेरणा प्रशस्त पाई सकुशल फर्कन सक्ने गरी आशिष् दिनुभयो ।

माताको आशिष् पाएका भ्रमण टोली सन्तहरू तुरुन्तै ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा गए, र टोलीबद्ध भएर अभ्यास गर्दै एक वर्षलाई बिदाइ गरे । ख्रीष्टको शुभ जन्मोत्सवको सम्झनामा गरिएको जनवरी ३ र ६ तारिखको कार्यक्रममा ३०,०००भन्दा बढी सन्तहरूका अगाडि आ-आफ्नो देशको परम्परागत पोशाक लगाएर मञ्चमा आएका यी सन्तहरूले, हामीलाई बचाउन यो पृथ्वीसम्म शरीरमा आउनुभएका स्वर्गीय पिता र मातालाई धन्यवाद र महिमा चढाए । नयाँ भजन स्तुति र ओपेरा आरिया जस्ता गीतहरूले विश्वास, आशा र प्रेमपूर्ण सन्देशसहित गाढा प्रेरणा प्रसार गऱ्यो । साङ्गीतिक प्रस्तुति, गीत र नृत्यमा सन्तहरूको एकता, खुशी र सुसमाचारप्रतिको जोश झल्किएको थियो ।

“थुप्रै मञ्चहरूमा गएर कार्यक्रम गरेको भए पनि यति ठूलो मञ्चमा चाहिँ पहिलो पटक हो” भनेका भ्रमण टोली सन्तहरू, स्वर्गीय पिता र मातालाई महिमा चढाउँदै स्वर्गीय सन्तहरूसँग रहन पाएकोमा निकै रमाए । संयुक्त राज्य अमेरिकाको NY न्यू विन्डसरदेखि आएकी सिस्टर आलोराले “सानो छँदा मैले राष्ट्रपतिको अगाडि गीत प्रस्तुत गरेकी थिएँ । त्यस बेला गरेको त अभ्यास पो रहेछ । सर्वोच्च परमेश्वरलाई महिमा चढाउन प्रदर्शन गरेको कुरा मलाई विश्वास लागिरहेको छैनँ, साँच्चै सपनाझैँ लागिरहेछ” भनिन् । उही मण्डलीका ब्रदर लोन्वुडजेले “२५ वर्ष ट्रम्पेट(बिगुल बाजा) बजाएको मध्ये यो नै जीवनको सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण प्रस्तुति हो । परमेश्वरले हामीहरूको भेटी(प्रस्तुति) ग्रहण गर्नुभएको कुरा महसुस गर्न सकें” भने । नेपालको काठमाडौंबाट आएका डिकन सुशनले “नेपालका सन्तहरूचाहिँ एक-अर्काबाट अलि टाढाको दूरीमा रहेकाले एकसाथ अभ्यास गर्ने समय त्यति थिएन, तर कोरियाली सन्तहरूले ‘तपाईंहरू हिमालयदेखि आउनुभएको कुरा मात्र पनि हामीलाई प्रेरणा हो’ भन्दै प्रोत्साहन दिनुभयो, अनि माताले सहयोग गरिदिनुभएकोले हामीले पनि गर्न सक्यौं । भाषा फरक भए पनि पिताको चाह गर्ने र मातालाई धन्यवाद चढाउने मन भने सबैको एउटै भएकोले हामीहरू साँच्चै एउटै स्वर्गीय परिवार हौं भन्ने कुरा अझ निश्चित भएको छ” भने ।

यसको अतिरिक्त, भ्रमण टोलीले जलजीवशाला, सउल स्काइ टावर र परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको भ्रमणद्वारा कोरियाली संस्कृति अनुभव गर्दै, स्वर्गीय पिता-माता हिँड्नुभएको सुसमाचारको बाटोलाई स्मरण गरें, अनि शबाथ-दिनमा नयाँ यरूशलेम फान्ग्यो मन्दिर, फ्यङथेग र देजनको स्थानीय मण्डलीको भ्रमण गरेर कोरियाली सन्तहरूसँगै एलोहिम परमेश्वरलाई महिमा चढाउँदै आराधना गरे । परमेश्वरलाई स्तुति गर्दै पवित्र आत्माले भरिएका ७३औँ भ्रमण टोली, सम्पूर्ण कार्यतालिकापछि “स्वर्गमा स्वर्गदूतहरूसँगै रहेको आभास भयो,” “अनन्त स्वर्गमा स्वर्गीय परिवार सबै जना सँगै खुशीयालीको भोजमा भेला नहोउञ्जेल हामीहरू नयाँ करार सुसमाचार सबै जातिहरूलाई सुनाएर हराएका स्वर्गीय परिवारहरू खोज्ने कार्यमा तनमनले लागिपर्नेछौं” भन्ने सङ्कल्पसहित स्वदेश फर्किए ।