WATV.org is provided in English. Would you like to change to English?

परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी सङ्गठन ASEZद्वारा आयोजित “वाक हिंसा निषेध” क्याम्पेन

“तरवारभन्दा बोली शक्तिशाली”

October 2, 2020 8,791 भ्यु

अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो ।

अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत वाक हिंसाको गम्भीरताबारे सबैलाई अवगत गराउने र सही वाक संस्कारतिर डोऱ्याउने उद्देश्यका साथ सुरु गरिएको हो । सन् २०१९मा कोरियाको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहका १० लाख विद्यार्थीहरूमाझ गरिएको विद्यालय हिंसा सर्वेक्षणमा, सबैभन्दा पहिलो किसिमको हिंसा नै वाक हिंसा रहेको देखियो । सोही वर्ष श्रम तथा रोजगार मन्त्रालयद्वारा गरिएको कार्यस्थल सर्वेक्षणमा पनि बदमाशीको सबैभन्दा पहिलो किसिम पनि वाक हिंसा नै रहेको पाइयो । इन्टरनेट र स्मार्टफोनको प्रयोगका कारण साइबर हिंसा दिनानुदिन बढ्ने क्रममा करीब ७,००० मानिसहरूमा गरिएको सर्वेक्षणले पनि साइबर हिंसाको सबैभन्दा मुख्य किसिम नै साइबर वाक हिंसा रहेको कुरा प्रकट गऱ्यो ।

क्याम्पेनको अवधिमा ASEZले दैनिक जीवनमा एकसाथ वाक हिंसाविरुद्ध लड्ने वाचा गर्दै आफ्नो वेबसाइटमार्फत अनलाइन हस्ताक्षर सङ्कलन अभियान गऱ्यो । अनि वाक हिंसालाई निषेध गर्न, सही बोलीको प्रयोग गर्न र अरूमाझ हौसलापूर्ण बोली बोल्न सक्रियतापूर्वक प्रोत्साहन दियो । साथै कसम खाने, दोष लगाउने, थर्काउने जस्ता १२ किसिमका वाक हिंसाहरू पोस्ट गरी ASEZले “तपाईंले गर्न सक्नुहुन्छ ! म सधैँ तपाईंको साथमा छु” भन्ने जस्ता हौसलापूर्ण बोलीहरू प्रस्तुत गऱ्यो ।

यसको आधारमा ASEZ सदस्यहरू अनलाइन र अफलाइनको भाषा संस्कारलाई सुधार्नतिर अग्रसर भए । अनलाइनमा सदस्यहरूले इन्टरनेटका लेख र पोस्टहरूमा राम्रो टिप्पणी लेखेर स्वस्थ इन्टरनेट संस्कार निर्माण गर्न प्रयत्न गरे । अफलाइनमा चाहिँ कोभिड-१९का कारण थकित भएका परिवारजन र चिनाजानाहरूलाई दिनमा कम्तीमा एक पटक ‘उत्कृष्ट’ भन्ने अर्थमा thumbs up(बूढी औँला उठाउने) जस्ता प्रोत्साहनका बोलीहरू बोले । ASEZको क्याम्पेनद्वारा सहानुभूति प्राप्त गरी वाक हिंसा निर्मूल पार्न सँगै सहभागी हुने अर्थमा ८१ वटा देशका १३ हजारभन्दा बढी मानिसहरूले समर्थनयुक्त हस्ताक्षर गरे ।

कोरियाको सङसिन महिला विश्वविद्यालयबाट सिस्टर गिम यु बिनले भनिन्, “मैले दिनमा तीन पल्ट मेरो परिवारलाई ‘धन्यवाद’ भनें । सुरुमा अप्ठ्यारो भए पनि चाँडै नै मेरो परिवारमा मेलमिलाप छायो, र घरको माहोल पनि सकारात्मक बन्यो ।” कोरियाको दोङआ विश्वविद्यालयबाट सिस्टर गो ना यङले भनिन्, “मैले लगातार राम्रा टिप्पणीहरू पोस्ट गरेकीले मेरो दैनिक जीवनलाई चोट पुऱ्याउने बोलीहरूमा मैले ध्यान दिन थालें, र नम्र बोली प्रयोग गर्न अभ्यास गरें । नसोचीकन बोलिने बोलीले भविष्यमा हिंसा नित्याउन सक्छ भन्ने कुरालाई मनन गर्दै अब मचाहिँ, चोट लागेको हृदयमा प्रेमको बोलीद्वारा मलहमपट्टी लगाउने भूमिका निर्वाह गर्न चाहन्छु ।”

‘बोली’को शक्ति अद्भुत छ । सानो बोलीले पनि कसैमा आशा जगाउन सक्छ, त कसैमा निराशा । प्रेम बाँड्दै हौसलापूर्ण बोलीद्वारा, हिंसामुक्त संसार निर्माण गर्न ASEZका पाइलाहरू सन् २०२१मा पनि निरन्तर जारी रहनेछ ।