७४औँ विदेश भ्रमण टोली

नयाँ यरूशलेमबाट पाएको प्रेम र सान्त्वना, ७ अरब मानव-जातिमाझ बाँड्दै

दक्षिण कोरिया

May 20, 2019 7,239 भ्यु

“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ … आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” यशै ६६:१०-१३

मे २० तारिखमा, ढुकुर आफ्नो गुँडतिर उडेर आएझैँ बाइबलको अगमवाणीअनुसार संसारका विभिन्न ठाउँबाट ७४औँ विदेश भ्रमण टोली नयाँ यरूशलेमको अँगालोमा आए । भ्रमण टोलीमा जर्मनी, स्पेन, बुल्गेरिया, संयुक्त राज्य अमेरिका, ब्राजिल, मेक्सिको, चिली र न्यूजिल्यान्ड गरेर १७ वटा देशका ७० वटाभन्दा बढी परमेश्वरको मण्डलीका ९३ जना सदस्यहरू थिए । तीमध्ये दुई तिहाइको यो पहिलो चोटिको कोरिया भ्रमण थियो । माता परमेश्वरलाई भेट्नको निम्ति, नयाँ करारको सत्यता पुनर्स्थापन भएको प्रतिज्ञाको भूमिको तीर्थयात्रामा निस्किएका उनीहरूले कोरिया भ्रमण अवधिभर खुशी लुकाउन सकेनन् ।

आफ्नो विभिन्न काममा व्यस्त भए पनि अगमवाणीको यानमा सवार भएर टाढाको देशबाट आएका यी सन्तानहरूलाई माताले स्वागत गर्नुभयो । उनीहरूले आफ्नो देशका दाजुभाइ, दिदीबहिनीहरूलाई प्रेम र पवित्र आत्माले भर्न सकून् र सुसमाचारको कामदारको रूपमा ७ अरब मानव-जातिलाई प्रचार गर्ने मिसन पूरा गर्न सक्ने होऊन् भनी माताले प्रार्थना चढाउनुभयो । माताले सन्तानहरूलाई “स्वर्गको महिमाचाहिँ नम्र मनद्वारा ख्रीष्टको प्रेमलाई व्यवहारमा लागू गर्दै पापबाट शुद्ध भएर नयाँ मानिसको रूपमा जन्मिएकाहरूलाई दिइन्छ । मानिसहरूले सुने पनि नसुने पनि यहाँहरूले वचन सुनाउनुभएकोले सबै जातिहरूबाट स्वर्गीय सन्तानहरू अहिले सियोनमा डोरिरहेका छन्” भन्नुभएर एलोहिम परमेश्वरको सन्तानको रूपमा मन र उद्देश्यमा एक भई आत्मा बचाउने कार्यमा परिश्रम गर्न अनुरोध गर्नुभयो ।

नयाँ यरूशलेम फान्ग्यो मन्दिर र इन्छन नाग्सममा अवस्थित परमेश्वरको मण्डलीमा गरिएको आराधनामा महासचिव पास्टर गिम जु छलले भन्नुभयो, “मानव-जातिको जीवनमा विभिन्न मोडहरू आउने गर्छ । हरेक मोडमा आफ्नो सोचाइमा भर पर्नुभन्दा परमेश्वरमा भरोसा गर्दै बाइबलको शिक्षालाई पछ्याऔं । परमेश्वर मालिक हुनुभएको मण्डलीमा जो कोहीले पनि परमेश्वरको सुगन्ध महसुस गर्न सक्ने गरी सधैँ प्रेम र दयाको मनद्वारा एक-अर्काप्रति व्यवहार गर्दै आफूलाई दिइएको अवस्थामा नै संसारको जीवनबाट थकित बनेका परिवार, साथी, सहकर्मी तथा छिमेकीहरूलाई सत्यता सुनाएर न्यानो सान्त्वना र मुक्तिको आशिष् बाँडौं ।”

शारीरिक र आत्मिक रूपमा भ्रमण टोलीको असल हेरचाह गर्नुभएकी माताको प्रेमभित्र सन्तहरू, परमेश्वरको बलिदानद्वारा तीव्र गतिमा पूरा भइरहेका अगमवाणीहरूलाई हेर्दै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको भ्रमण, सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी लगायत ७ अरब प्रचार पूरा गर्नको निम्ति आयोजित विश्वव्यापी सम्मेलनजस्ता विविध कार्यक्रमहरूमा सहभागी भए । उनीहरूले सउल स्काइ अब्जर्भेटरीमा कोरिया विकासक्रमको अवलोकन गरेर सुसमाचारको भविष्यको कल्पना गरे, अनि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको कोरियाली वर्णमालाको रचना र श्रेष्ठताद्वारा मात्र नभएर कोरियाली वर्णमालाका आविष्कारक सेजोङ राजाले आफ्ना प्रजालाई गरेको प्रेमद्वारा पनि सृष्टिकर्ता परमेश्वरले आफ्ना सन्तानहरूलाई गर्नुहुने प्रेमलाई बुझे । यसको साथै उनीहरूले ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनीको हृदयस्पर्शी क्षणको पनि अनुभव गरे ।

कोरियामा बिताएको लाभदायक समय समाप्त गरेर आ-आफ्नो देश फर्कने क्रममा सन्तहरूले सुसमाचारप्रतिको आफ्नो प्रतिबद्धता जाहेर गरे ।

“कामको समयमा मैले प्राय: समस्यामा परेका मानिसहरू भेट्ने गर्छु । वकीलको कर्तव्य भनेको कानून र सिद्धान्तको आधारमा त्यस्ता मानिसहरूको रक्षा गर्नु हो, अनि सियोनका सन्तहरूको कर्तव्य भनेको उनीहरूलाई न्यानो बोलीद्वारा सान्त्वना दिनु हो । म ब्राजिलमा फर्केर गएपछि प्रेमको मनद्वारा उनीहरूको रक्षा गर्दै आत्मिक खतराबाट बचाउनको निम्ति सक्दो कोसिस गर्नेछु ।” भिनिसियस दे मेदेइरोस मार्कल / क्यूबा, ब्राजिल

“मैले ४ वर्ष नौसेनाको रूपमा कार्य गरेपछि नयाँ कामको थालनी गरें । त्यसैले यस पटकको मेरो कोरिया भ्रमण अझ विशेष रह्यो । पहिला मैले आफ्नो दिमागले परमेश्वरको प्रेम महसुस गरेको थिएँ, तर यस पटकचाहिँ हृदयले परमेश्वरको प्रेम महसुस गरें । म मेरो जीवनको हरेक क्षेत्रमा परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्दै परमेश्वरबाट पाएको अनुग्रह र प्रेमलाई मेरो वरिपरिका मानिसहरूमाझ बाँड्नेछु ।” कर्ट एलान स्कोम्मर / सान डिएगो, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका

७ अरब प्रचार पूरा गर्नको निम्ति विश्वव्यापी सम्मेलन

मे २० तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित ‘७ अरब प्रचार पूरा गर्नको निम्ति विश्वव्यापी सम्मेलन’मा ७४औँ विदेश भ्रमण टोली तथा कोरियाको राजधानी क्षेत्रका युवा सन्तहरूको सहभागिता रह्यो ।

विभिन्न क्षेत्रमा आबद्ध रहेका विदेशका सन्तहरूले कार्यक्षेत्र मिसनसम्बन्धी प्रस्तुति दिए, अनि प्रायः पूरै दिन बिताइने कार्यक्षेत्रहरूमा माताको प्रेमलाई व्यवहारमा लागू गर्ने तरिका खोज्दै आफ्नो व्यक्तिगत अनुभवको आधारमा आपसमा छलफल गरे । “मैले उज्यालो मुस्कान र सकारात्मक मानसिकता लिएर कार्य गर्दै, सहकर्मीहरूलाई प्रशंसा र प्रोत्साहन दिँदै, खाजा बाँड्दै माताको शिक्षालाई व्यवहारमा लागू गर्न कोसिस गर्दाखेरि उनीहरूमा सकारात्मक प्रभाव परेको छ,” कार्यक्रम व्यवस्थापकको रूपमा कार्यरत करेन गब्बिन्स(मिडलटाउन, कनेक्टिकट, संयुक्त राज्य अमेरिका)ले बताए ।